पत्रकार रमा चन्दमाथि दुव्र्यवहारको घटनाप्रति महासंघ सुदूरपश्चिमको गम्भीर ध्यानाकर्षण

धनगढी । कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको रिपोर्टिङ गर्ने क्रममा पत्रकार रमा चन्दमाथि दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

धनगढीबाट सञ्चालित नयाँ सन्देश अनलाइनका सम्पादक रमा चन्दमाथि मंसिर २७ गते रिपोर्टिङकै क्रममा दुई जना अपरिचित व्यक्तिले जानीजानी पछाडिबाट धक्का दिँदै दुव्र्यवहार गरेको महासंघले जनाएको छ।

महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति कडा निन्दा र भत्र्सना व्यक्त गरेको हो। विज्ञप्तिमा महोत्सव स्थलमा रिपोर्टिङ गरिरहेकै अवस्थामा दुई जना अपरिचित व्यक्तिले नियतबस पछाडिबाट धक्का दिएको दृश्य भिडिओमा स्पष्ट देखिएको उल्लेख गरिएको छ।

महासचिव शिवराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार चन्दमाथि गरिएको दुव्र्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई अबिलम्ब पक्राउ गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।

महासंघले पत्रकारको पेशागत सुरक्षामाथि भएको आक्रमण लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको चुनौती भएको जनाउँदै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन राज्यका निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित