कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ८ जना घाइते

कञ्चनपुर । कञ्चनपुर कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा कम्तीमा आठ जना घाइते भएका छन्। आज शुक्रबार साँझ करिब ५ बजेतिर कारागारभित्र रहेका कैदीबन्दीहरूबीच एकआपसमा झडप भएको हो।

कारागारभित्रका कैदीबन्दीहरूले कारागारका नाइके, चौकिदार तथा प्रशासनबाट अनावश्यक रूपमा पैसा उठाइने गरेको आरोप लगाउँदै त्यसैका कारण झडपको अवस्था सिर्जना भएको बताएका छन्। उनीहरूका अनुसार आफूहरूले पाउने मासिक सुविधा रकमसमेत पूरा नदिइने, क्यान्टिनका सामग्रीमा कमिसन लिइने तथा कारागारभित्र मदिरा र लागुऔषध सहजै प्रवेश गर्ने गरेको गम्भीर आरोपसमेत लगाएका छन्।

झडपमा घाइते हुनेमध्ये चार जनाको टाउकोमा तथा बाँकी चार जनाको छाती र हातमा सामान्य चोट लागेको कारागारका जेलर बन्दना सुवेदीले जानकारी दिइन्। घाइते आठै जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि कारागारभित्र तनाव बढेकाले सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति गराइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित