जेनजी बेलौरीको शान्तिपूर्ण आन्दोलन बदनाम गर्न खोजिएको आरोप

बेलौरी । बेलौरी नगरपालिकामा व्याप्त भ्रष्टाचार तथा वित्तीय अनियमितताविरुद्ध भदौ २३ र २४ गतेदेखि जेनजी बेलौरी तथा समर्थकको अगुवाइमा निरन्तर शान्तिपूर्ण आन्दोलन चल्दै आएको थियो । । संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण विरोधको अधिकार भित्र रहेर आन्दोलन सञ्चालन भइरहेको जेनजी बेलौरीले स्पष्ट पार्दै आएको थियो ।

यसैबीच, केही सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले विभिन्न सार्वजनिक कार्यक्रम तथा मञ्चहरूमा उक्त आन्दोलनलाई लक्षित गर्दै तथ्यहीन, भ्रामक तथा आगजनीजस्ता आरोप लगाउने र व्यक्तिगत चरित्र हत्या गर्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै जेनजी बेलौरी तथा समर्थकले गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरूका अनुसार यस्ता अभिव्यक्तिहरू लोकतान्त्रिक मूल्य-मान्यताविपरीत हुनुका साथै शान्तिपूर्ण आन्दोलनलाई बदनाम गर्ने नियतले प्रेरित देखिन्छन् ।

जेनजी बेलौरी तथा समर्थकले आफ्नो आन्दोलन कुनै व्यक्ति, राजनीतिक दल वा समूहविरुद्ध नभई भ्रष्टाचार, वित्तीय अपारदर्शिता र बेथितिविरुद्ध केन्द्रित रहेको स्पष्ट पारेका छन् । आन्दोलनको क्रममा अहिलेसम्म कुनै प्रकारको हिंसा, आगजनी वा गैरकानुनी गतिविधि नभएको समेत उनीहरूले आज एक प्रेस विज्ञप्ती जारीगर्दै उक्त कुरा सार्वजनिक गरेका छन् ।

सार्वजनिक पदमा बसेका व्यक्तिहरूबाट आउने यस्ता गैरजिम्मेवार तथा उत्तेजक अभिव्यक्तिले समाजमा भ्रम फैलाउने, द्वन्द्व सिर्जना गर्ने र नागरिक अधिकार कमजोर बनाउने खतरा रहेको भन्दै जेनजी बेलौरीले सम्बन्धित सबै पक्षलाई तथ्यमा आधारित, जिम्मेवार र मर्यादित अभिव्यक्ति दिन आग्रह गरेको छ ।
यदि यस्ता झुटा आरोप र चरित्र हत्या गर्ने अभिव्यक्ति निरन्तर जारी रहेमा, जेनजी बेलौरी तथा समर्थकले कानुनी र शान्तिपूर्ण आन्दोलनका सबै विकल्प अपनाउन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

जेनजी बेलौरी तथा समर्थकले शान्तिपूर्ण, लोकतान्त्रिक र जिम्मेवार आन्दोलनमार्फत बेलौरी नगरपालिकामा सुशासन, पारदर्शिता र जवाफदेहिता स्थापित गर्न प्रतिबद्ध रहेको संयोजक केशब कुमार बोहरा द्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित