कृृष्णपुर १६ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी जेवी ऐकेडमीका विजेता विद्यार्थीलाई सम्मान

भोजराज जोशी : कञ्चनपुरको कृष्णपुर नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी जेवी एकेडेमीलाई पाईएको छ । सोमबार सम्पन्न भएको कृष्णपुर नगर स्तरीय १६औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी वाणीको जेवी एकेडेमीलाई पाईएको हो । जेवीले १२स्वर्ण, ५रजत र ४२ कास्य गरी ४२पदक जितेर उपाधी चुमेको नगरपालिकाले जनाएको छ ।

द्वितियमा शान्ति मावि कलुवापुुरले २९ र तृतिमा कञ्चनजङगा र्ईङलिश बोडिङ्ग स्कुल गुलरियाले चुमेको छ । प्रतियोगितामा २८ विद्यालयविच प्रतिस्पर्धा भएको थियो । यस पटक ०८२मा नगरमै उपाधी चुमेको जेवीले खेलाडीलाई सम्मान गरेको छ । विजय ¥याली सहित सम्मान गरिएको हो ।

जेवी एकेडेमीका प्रिन्सिपल जगदिश सेटीले विद्यार्थीको मेहनत, अनुशासन, निरन्तरताले उपाधी चुम्न सफल भएको बताए । प्रिन्सिपल सेटीले विजेता विद्यार्थीको उत्साहका लागि सम्मान गरिएको बताए । उनले पढाईका साथै खेलकुद क्षेत्रमा अब्बल विद्यार्थी उत्पादन गरिने बताए ।

कृष्णपुर नगरका मेयर हेमराज ओझाले नगरपालिकाले हरेक बर्ष विकेन्द्रीतकरणका हिसाबले प्रतियोगिता सचालन गर्दै आएको बताए । विद्यार्थी खेलाडीहरुले विद्यालयबाट समेत गरेको सम्मानले थप उत्साह प्रेरणा हौसला प्रदान गरिएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित