बेलडाँडी। बेलडाँडी गाउँपालिकाले बढ्दो अत्यधिक चिसोका कारण भोलिदेखि तीन दिनका लागि गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरूमा जाडो विदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार हाल निरन्तर बढिरहेको चिसोले विद्यालयको नियमित पठनपाठनमा कठिनाइ हुनुका साथै विद्यार्थी र शिक्षकहरूको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएकोले जाडो विदा दिनु परेको हो।
बेलडाँडी गाउँपालिकाको शैक्षिक क्यालेण्डर २०८२ अनुसार जाडो विदाका लागि सञ्चित गरिएको विदाबाट मिलान हुने गरी मिति २०८२ साल पुष २१ गतेदेखि पुष २३ गतेसम्म तीन (३) दिन विद्यालय बन्द रहने जनाइएको छ।
गाउँपालिकाले उक्त अवधिमा विद्यार्थीहरूलाई घरमै सुरक्षित रहन तथा स्वास्थ्यप्रति विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै मौसम अनुकूल भएपछि पुनः नियमित पठनपाठन सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।
अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले गाउँपालिकाको यो निर्णयलाई अभिभावक तथा सरोकारवालाहरूले सकारात्मक रूपमा लिएको देखिन्छ।























Discussion about this post