रास्वपाको केन्द्रीय समिति बैठकअघि सचिवालय बैठक सम्पन्न

काठमाडौँ :राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठक बस्नुअघि सचिवालय बैठक बसेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार सचिवालय बैठक सुरु भएको हो ।
केन्द्रीय समिति बैठकको तयारी स्वरूप सचिवालय बैठक बसेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी समायोजन प्रक्रिया तथा आगामी निर्वाचन प्रक्रिया सम्बन्धी विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ ।
पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछि बसेको यो पहिलो सचिवालय बैठक भएको प्रवक्ता झाले बताए । बैठकका निर्णयहरू आगामी केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित