बालेनको फोटो टाँसिएको ब्याग बोकेर घण्टीमा भोट हाल्न उत्साहित हुदै दुबईबाट आए मीन

डिल्लीराज पन्त/कञ्चनपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका निवासी मीन धामी दुबईबाट नेपाल आएका छन् ।

लामो समयदेखि वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका धामीले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ मा मतदान गर्न विशेष रूपमा स्वदेश फर्किएको बताएका छन्। विदेशमा रहे पनि देशप्रतिको दायित्व र नागरिक जिम्मेवारी कहिल्यै नछुट्ने उल्लेख गर्दै उनले मतदानका लागि कामसमेत छोडेर नेपाल आएको बताए ।

“देशको भविष्य निर्माणमा मेरो मतको मूल्य ठूलो छ । त्यसैले जहाँ भए पनि मतदान गर्नुपर्छ भन्ने सोचले नेपाल आएँ,” धामीले भने ।

उनले विदेशमा रहेका नेपालीहरूमा पनि पछिल्लो समय देशप्रति जिम्मेवारी र राजनीतिक चेतना बढ्दै गएको उल्लेख गरे । वैदेशिक रोजगारीमा रहेका नागरिकहरूले समेत मतदानका लागि स्वदेश फर्किनु लोकतन्त्रप्रतिको गहिरो प्रतिबद्धताको संकेत भएको उनको भनाइ छ ।

धामी मतदानका लागि आउँदा आफूले सँगै ल्याएको झोलामा रास्वपा पार्टीका बरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको तस्बिर अंकित स्टिकर समेत टाँसेर आएको देखिएको थियो, जसले युवापुस्तामा बढ्दो राजनीतिक चासो र वैकल्पिक राजनीतिप्रतिको आकर्षणलाई संकेत गरेको स्थानीयले बताएका छन् ।

उनको यो कदमलाई स्थानीयवासीहरूले लोकतान्त्रिक अभ्यासप्रति सचेत नागरिकको उदाहरणका रूपमा प्रशंसा गरेका छन् । रास्वपा कञ्चनपर ३ का उम्मेदवार ज्ञानेन्द्र महताले उनलाई भब्य स्वागत गरेका छन् । महताले देश भर अव घण्टी बज्ने र घण्टीले भ्रष्टचार, कुशासन, कुराजनितिलाई प्ररास्त गर्ने बताउदै देश भर घण्टीमा मतदान गर्न सबैमा अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित