बेलडाँडी प्रवेश स्थलमा शुक्लाफाँटाको पहिचान झल्काउने बार्हसिङ्गेको आकृति स्थापना हुँदै

बेलडाँडी, कञ्चनपुर । बेलडाँडीलाई पर्यावरण, संस्कृति तथा जैविक विविधतामा रुचि राख्ने पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बेलडाँडी–२ स्थित क्याम्प प्रवेश स्थलमा शुक्लाफाँटाको पहिचान झल्काउने बार्हसिङ्गेको आकर्षक आकृति स्थापना गरिने भएको छ।

बेलडाँडी पर्यटन प्रवर्द्धन समितिको पहल तथा स्थानीय सरकारको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको उक्त योजनाले बेलडाँडीको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। परियोजनाअन्तर्गत प्रवेश क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउन जेन्जी फूलबारी विस्तारको कार्यसमेत सुरु गरिएको समितिले जनाएको छ।

समितिका अध्यक्ष तथा अभियानका नेतृत्वकर्ता गोकर्ण जोशीका अनुसार स्थानीय समुदायको सहभागिता बढाउने उद्देश्यले सहयोगदाताहरूले आफ्ना प्रियजनको सम्झनामा वा व्यवसाय प्रवर्द्धनका लागि ट्री गार्डसहित रुख आकारका फूलबिरुवा सहयोग गरिरहेका छन्। यस अभियानमा सहभागी हुन इच्छुक व्यक्तिहरूले ९८४८६९५८९८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

स्थानीय समुदाय र सरकारको संयुक्त सहयोगले योजनाप्रति स्थानीयवासीको अपनत्व बढ्नुका साथै यसको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

यसअघि पनि सोही स्थानमा बेलडाँडीवासीहरूको आर्थिक सहयोगमा बेलडाँडी एकता स्तम्भ तथा बेलको आकृति निर्माण भइसकेको छ। नयाँ संरचना र सौन्दर्यीकरणका कार्यक्रमले बेलडाँडी प्रवेश स्थललाई थप आकर्षक बनाउँदै पर्यटन विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित