चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ४ हजार २०० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टी केन्द्रीय सचिवालयका अनुसार प्रारम्भिक तथ्यांकमा ४ हजार २१० प्रतिनिधि रहने अनुमान गरिएको छ।
संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार देशभरबाट ३ हजार ८१० प्रतिनिधिको प्रारम्भिक सूची तयार भएको छ भने २५ देशका प्रवास सम्पर्क विभागबाट करिब २०० प्रतिनिधि थपिनेछन्। सभापतिले मनोनयन गर्ने २०० प्रतिनिधिसहित अन्तिम संख्या अझ बढ्न सक्ने बताइएको छ।
प्रदेशगत रूपमा बागमतीबाट सबैभन्दा बढी ७९० प्रतिनिधि रहनेछन् भने मधेशबाट ६३०, सुदूरपश्चिमबाट ५५०, कोशीबाट ५२०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७० र कर्णालीबाट ३६० प्रतिनिधि सहभागी हुनेछन्।
महाधिवेशनको उद्घाटन सत्र आइतबार भरतपुरस्थित गेष्टहाउस चौरमा हुने तथा बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन गरिने कार्यक्रम छ। पार्टी सभापति रवि लामिछाने सहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन्।























Discussion about this post