दोधारा चाँदनीमा श्रीमतीको कुटपिटपछि मृत्यु, श्रीमान नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० फगिरे चौराहामा श्रीमतीमाथि कुटपिट भएको घटनापछि उपचार गराएर घर फर्किएकी एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार साउन ३१ गते दिउँसो करिब २:५० बजे स्थानीय ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गर्दा उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। घटनापछि रनबहादुर पनि एक्कासी बेहोस भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि दोधारा चाँदनी अस्पताल लगिएको थियो। प्रहरी चौकी बाबाथानबाट खटिएको टोलीले घटनाबारे आवश्यक अनुसन्धान थालेको थियो। उपचारपछि सोही दिन राति करिब ८:५० बजे दुवै जना घर फर्किएका थिए।

तर, आज साउन ३२ गते बिहान करिब ८:५० बजे पारु सुनार आफ्नै घरमा मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दोधाराबाट प्रहरी निरीक्षकको नेतृत्वमा सात सदस्यीय टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनामा संलग्न रनबहादुर सुनारलाई नियन्त्रणमा लिई मृत्युको कारण तथा घटनाको वास्तविकता सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित