बाजुरा सदरमुकाम तनावग्रस्त

52
VIEWS

बाजुरा,
बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ।
नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो। बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरुले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्।

उनीहरुले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको हो। बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरिएको छ।

आइतबार त्रिवेणी नगरपालिका–७ को नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताले चेतन ऐडीको घरमै गएर कुटपिट गरेर मृत्यु भएको छ। अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो।

तर, अस्पताल पुगाउने बित्तिकै ऐडीको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। यस्तै नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई नै लिएर सुरक्षाकर्मीको गोली लागेर स्थानीय काँग्रेस कार्यकर्ता सुरेन्द्र अयडीको पनि मृत्यु भएको थियो।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार