कञ्चनपुर । ‘हाम्रा आवाज : चेलिबेटी बेचबिखनबाट मुक्त समाज’ नारा सहित माईती नेपाल कञ्चनपुरले विश्व मानव बेचबिखन बिरुद्ध दिवसको अवसरमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको लागी बिद्यार्थीहरुलाई अनुशिक्षण गरेको छ् ।
दोधारा चाँदनी नगरपालिका- ७ मा रहेको ओम पुष्पाञ्जली इङ्लिस स्कुलका बिद्यार्थीहरुलाई एक दिने मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको लागी बिद्यार्थीहरुलाई अनुशिक्षण गरिएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानाकरी दिनुभएको छ् ।
भारत संग सिमा जोडिएको दोधारा चाँदनी नगरपालिका मानव बेचबिखन तथा ओसार पसारका दृष्टिले निकै संबेदनशिल रहेको हुदा सचेतनाको लागी विश्व मानव बेचबिखन बिरुद्ध दिवसको अवसरमा बिद्यार्थीहरुलाई अनुशिक्षण गरिएको संयोजक महेश्वरी भट्टले बताउनुभयो ।
दोधारा चाँदनी नगरपालिका खुला सिमानाको कारण महिला तथा किशोरीहरु बेचबिखनको चपेटामा पर्न सक्ने जोखिम उच्च रहेको हुदा माईती नेपाल कञ्चनपुरले बिभिन्न समयमा जनचेतनामुलक कार्यक्रम संगै जोखिममा रहेका किशोरीहरुलाई अनुशिक्षण गर्दै आएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् ।
बिद्यार्थीहरु मार्फत समुदाय स्तर सम्म मावन बेचबिखन विरुद्ध जनचेतना फैलाउन उद्धेश्यले अनुशिक्षण दिइएको संयोजक भट्टले बताउनुभयो । मानव वेचविखन हुन सक्ने स्थान, तौरतरीका, प्रयोजन तथा कारण तथा कानुनी उपचारको बारेमा सहजीकरण गरिएको उहाँको भनाई छ् ।
ओम पुष्पाञ्जली इङ्लिस स्कुल दोधारा चाँदनीका प्रधानध्यापक पुष्पा क्षेत्री पुन मगरले माईती नेपालले यस क्षेत्रमा मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध सचेतना फैलाउन कार्यक्रमको आयोजना गरेकोमा खुशी ब्यक्त गर्नुभएको छ् ।
माईती नेपालले मानब बेचखिन तथा ओसारपसार नियन्त्रणमा प्रारम्भ देखिनै महत्वपूर्ण योगदान गर्दै आएको कुरा उल्लेख गर्दै प्रधानध्यापक पुष्पा क्षेत्री पुन मगरले बेचबिखनका केही उदाहरण समेत प्रस्तुत गर्दै मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणमा आफु पनि कटीबद्ध भएर लागेको र आगामी दिनमा पनि आफ्नो साथ सहयोग सधैं रहने प्रतिबद्धता जनाउनुभएको छ् ।
मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध अनुशिक्षण कार्यक्रम निकै प्रभावकारी रहेको कार्यक्रममा सहभागी बिद्यार्थीहरुले बताएका छन् । बेचबिखन कसरी हुन्छ र बेचबिखन रोक्न के गर्नु पर्छ, आफु कसरी सचेत हुनु पर्छ, कानुनी उपचारको बारेमा कार्यक्रममा अनुशिक्षण गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।




















Discussion about this post