शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा १७ प्राध्यापक तथा सह–प्राध्यापक छनोट, अन्तिम नतिजा सार्वजनिक

 कैलाली: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले करार सेवामा प्राध्यापक तथा सह–प्राध्यापक पदका लागि खुला प्रतिस्पर्धामार्फत गरिएको छनोट प्रक्रियाको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

विश्वविद्यालयले २०८२ फागुन ८ गते प्रकाशित विज्ञापनअनुसार विभिन्न विषयका प्राध्यापक तथा सह–प्राध्यापक पदका लागि छनोट प्रक्रिया सम्पन्न गरी योग्यता क्रमका आधारमा १७ जना उम्मेदवारलाई सिफारिस गरेको जनाएको छ।

सार्वजनिक नतिजाअनुसार फोरेन्सिक मेडिसिनका प्राध्यापकमा डा. केशव श्रेष्ठ, इन्टरनल मेडिसिनमा डा. चिरञ्जीवी पन्त, अफ्थाल्मोलोजीमा डा. विक्रमबहादुर थापा तथा फार्माकोलोजीमा डा. विजय अर्याल सिफारिस भएका छन्।

त्यस्तै, एनाटोमीका सह–प्राध्यापकमा डा. इजु श्रेष्ठ, फिजियोलोजीमा डा. डिल्लीबहादुर पुन, माइक्रोबायोलोजीमा डा. चन्दनकुमार ठाकुर, बायोकेमेस्ट्रीमा डा. सरोज कुँवर, नर्सिङमा सीग्मा भट्टराई, ईएनटीमा डा. भुवनराज पाण्डेय, प्रसूति तथा स्त्रीरोगमा रविन्द्र देव भट्ट, जनरल सर्जरीमा डा. विवेक खम्बु, एनेस्थेसियोलोजीमा रोविन खापुङ, डेन्टल सर्जरीमा नशिव पाण्डेय, बालरोग (पिडियाट्रिक्स) मा डा. विकास भण्डारी, रेडियोलोजीमा डा. अशोकराज पन्त तथा अर्थोपेडिक्समा डा. शिवराज पनेरु सिफारिस भएका छन्।

विश्वविद्यालयले अन्तिम नतिजामा नाम समावेश भएका उम्मेदवारलाई २०८३ साउन २५ गतेभित्र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्पर्क गरी नियुक्तिसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

विश्वविद्यालयका अनुसार यो नतिजा करार सेवामा शिक्षक नियुक्ति प्रक्रियाको अन्तिम चरणअन्तर्गत सार्वजनिक गरिएको हो। नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारले तोकिएको समयभित्र आवश्यक कागजातसहित उपस्थित भई औपचारिकता पूरा गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित