चवन्नी बजार व्यवस्थापन समिति पुनर्गठन, कृष्ण खड्काको नेतृत्वमा नयाँ कार्यसमिति

बेलडाँडी । बेलडाँडी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र तथा ‘मुटु’का रूपमा परिचित चवन्नी बजारको व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले चवन्नी बजार व्यवस्थापन समिति पुनर्गठन गरिएको छ।

आज बसेको बजारका व्यापारीहरूको भेलाले कृष्ण खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा कलावती चौधरी, सचिवमा सुरेन्द्र खड्का, सहसचिवमा दीपक पुजार र कोषाध्यक्षमा दिनेश पन्त चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा राम सार्की, हेमराज राना, शकुन्तला कार्की, करण सिंह बडाल, ईश्वरी भट्ट र कृष्ण राना सर्वसम्मत चयन भएका छन्।

भेलामा चवन्नी बजारको वर्तमान अवस्था, बजार व्यवस्थापनका चुनौती तथा आगामी दिनमा समितिले खेल्नुपर्ने भूमिकाबारे छलफल तथा चर्चा-परिचर्चा गरिएको थियो। बजारमा सरसफाइ, पार्किङ व्यवस्थापन, व्यापारीबीचको समन्वय, उपभोक्तामैत्री वातावरण निर्माण, बजारको सुरक्षा तथा बजार क्षेत्रको समग्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा जोड दिइएको जनाइएको छ।

चवन्नी बजार बेलडाँडीको व्यापारिक गतिविधिको मुख्य केन्द्र भएकाले यसको व्यवस्थित विकासले व्यापारी मात्र नभई स्थानीय उपभोक्ता तथा समग्र गाउँपालिकाको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नवनिर्वाचित अध्यक्ष कृष्ण खड्काले नयाँ समितिले व्यापारीहरूको हकहित संरक्षणसँगै बजारको समग्र व्यवस्थापन र विकासका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

व्यापारीहरूबीच आपसी एकता र सहकार्य कायम गर्दै बजारलाई स्वच्छ, सुरक्षित, व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्ने नयाँ समितिको मुख्य उद्देश्य रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित