धनगढी ।सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट सुदूरपश्चिमको राजनीतिमा लामो, निरन्तर र संघर्षपूर्ण राजनीतिक यात्रा तय गर्नुभएका अनुभवी कम्युनिस्ट नेता हुनुहुन्छ। किशोरावस्थामै कम्युनिस्ट राजनीतिमा प्रवेश गर्नुभएका उहाँले विद्यार्थी आन्दोलन, भूमिगत राजनीतिक जीवन, जेल, संगठन निर्माण, जनयुद्धकालीन राजनीतिक जिम्मेवारी, शान्ति प्रक्रिया तथा संसदीय राजनीतिका विभिन्न चरण पार गर्दै सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने अवस्थामा पुग्नुभएको हो।
प्रारम्भिक जीवन र राजनीतिक प्रवेश
खगराज भट्टको जन्म वि.सं. २०३१ पौष २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडीमा पिता स्व. रामदत्त भट्ट र माता गोमतीदेवी भट्टका साहिला सुपुत्रका रूपमा भएको हो। उहाँले आईएल तहसम्मको शिक्षा हासिल गर्नुभएको छ। उहाँको स्थायी घर अजयमेरु गाउँपालिका–४, चौडी, डडेल्धुरा हो।
भट्टले किशोरावस्थामै तत्कालीन राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनसँग आफूलाई जोड्नुभयो। वि.सं. २०४७ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यता प्राप्त गर्दै उहाँ औपचारिक रूपमा कम्युनिस्ट आन्दोलनमा प्रवेश गर्नुभयो। वि.सं. २०५० असोजदेखि पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा सक्रिय हुनुभएका उहाँ सोही वर्ष कात्तिकमा डडेल्धुरा जिल्ला कमिटीको सदस्य बन्नुभयो।
विद्यार्थी आन्दोलनदेखि संगठन निर्माणसम्म
राजनीतिक जीवनको प्रारम्भिक चरणमै भट्ट विद्यार्थी आन्दोलनमा सक्रिय हुनुभयो। अखिल क्रान्तिकारीको संगठन विस्तार र सुदूरपश्चिममा विद्यार्थी राजनीतिको विकासमा उहाँले भूमिका निर्वाह गर्नुभयो। विद्यार्थी संगठनको जिम्मेवारीसँगै पार्टी संगठनमा समेत सक्रिय रहँदै उहाँले सुदूरपश्चिमका विभिन्न जिल्लामा संगठन निर्माण, राजनीतिक परिचालन र कार्यकर्ता व्यवस्थापनको अनुभव हासिल गर्नुभयो।
यस क्रममा डडेल्धुरा, बैतडी, दार्चुलालगायतका जिल्लामा संगठनात्मक गतिविधि विस्तार गर्दै उहाँ क्रमशः जिल्ला तहबाट क्षेत्रीय र केन्द्रीय राजनीतिक जिम्मेवारीतर्फ अघि बढ्नुभयो।
भूमिगत जीवन र जेल
वि.सं. २०५२ सालमा माओवादी आन्दोलनमाथि राज्यको दमन तीव्र हुँदै गएपछि भट्ट पनि पक्राउ पर्नुभयो। २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट पक्राउ पर्नुभएका उहाँ राज्यविरुद्ध अपराधसम्बन्धी मुद्दामा २०५३ पुस ८ गतेसम्म जेलमा रहनुभयो।
जेलबाट मुक्त भएपछि उहाँ पुनः राजनीतिक गतिविधिमा सक्रिय हुनुभयो। त्यसपछिको समय उहाँका लागि संगठन निर्माण, राजनीतिक सम्पर्क विस्तार र सुदूरपश्चिममा पार्टीको आधार बलियो बनाउने महत्वपूर्ण चरण बन्यो।
जनयुद्धकालीन राजनीतिक जिम्मेवारी
माओवादी जनयुद्धको अवधिमा भट्टले सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी संगठन निर्माण र विस्तारको जिम्मेवारी सम्हाल्नुभयो। कठिन राजनीतिक परिस्थितिमा संगठन विस्तार र कार्यकर्ता परिचालन गर्दै उहाँ क्षेत्रीय नेतृत्वमा स्थापित हुनुभयो।
वि.सं. २०६० सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिमा प्रवेश गरेपछि उहाँले पार्टीको केन्द्रीय तथा क्षेत्रीय जिम्मेवारीमा रहेर राजनीतिक तथा संगठनात्मक कामलाई निरन्तरता दिनुभयो। सुदूरपश्चिममा पार्टी संगठनको विस्तार र राजनीतिक आधार निर्माणमा उहाँको यो चरण विशेष रूपमा महत्वपूर्ण रह्यो।
परिवारको राजनीतिक योगदान
भट्टको राजनीतिक यात्रा व्यक्तिगत संघर्षमा मात्र सीमित थिएन। उहाँको परिवार नै राजनीतिक परिवर्तन र क्रान्तिकारी आन्दोलनप्रति समर्पित परिवारका रूपमा चिनिँदै आएको छ। उहाँका दाजु जयराज भट्ट पनि राजनीतिक आन्दोलनमा सक्रिय रहनुभयो। जनयुद्धकालमै वहाँको शहादत भयो। भाइ उमेश भट्ट पनि भूमिगत बन्नुभयो।उहाको भाउजू नन्दा देवि भट्ट जो सहिद परिवार पनि हुन श्रीमती मंजु बम भाइ बुहारी धर्मा बोहरा समेत पुर्णकालिन रुपमा भुमिगत हुनु भयो।
शान्ति प्रक्रिया र संसदीय राजनीति
नेपालको शान्ति प्रक्रियापछि भट्ट भूमिगत राजनीतिक जीवनबाट खुला राजनीतिक तथा संसदीय अभ्यासमा प्रवेश गर्नुभयो। संविधानसभा तथा त्यसपछिका निर्वाचनमा उहाँ डडेल्धुराबाट उम्मेदवार बन्नुभयो। विशेषतः डडेल्धुरामा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग प्रतिनिधिसभा निर्वाचनमा भएको प्रतिस्पर्धाले उहाँलाई राष्ट्रिय राजनीतिक वृत्तमा समेत परिचित गरायो।
खुला राजनीतिमा प्रवेशपछि उहाँले संगठन निर्माणसँगै संसद्, संविधान निर्माण, लोकतान्त्रिक अभ्यास तथा प्रदेश र स्थानीय विकासका प्रश्नमा राजनीतिक भूमिका निर्वाह गर्दै आउनुभयो।
प्रदेश राजनीतिमा भूमिका
संघीय गणतान्त्रिक संरचनाको स्थापना भएपछि भट्टको राजनीतिक सक्रियता सुदूरपश्चिम प्रदेशमा थप केन्द्रित भयो। उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज तथा पछि नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा रहनुभयो।
प्रदेश संरचना निर्माणको प्रारम्भिक चरणदेखि नै प्रदेशको संस्थागत विकास, राजनीतिक संगठन र सुदूरपश्चिमका विकासका सवालमा उहाँ सक्रिय रहनुभयो। यस क्रममा उहाँ प्रदेश राजनीतिका प्रमुख नेतामध्ये स्थापित हुनुभयो।
प्रदेशसभा र संसदीय नेतृत्व
वि.सं. २०७९ को निर्वाचनमा भट्ट डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १(१) बाट प्रत्यक्ष निर्वाचित हुनुभयो। त्यसपछि उहाँ सुदूरपश्चिम प्रदेशसभामा प्रवेश गर्नुभयो।
प्रदेशसभामा उहाँले सुदूरपश्चिमको विकास, सुशासन, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलस्रोत तथा पूर्वाधारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ।
प्रदेशसभामा निर्वाचित भएपछि उहाँ नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारीमा पुग्नुभयो। पछिल्लो राजनीतिक पुनर्संरचनापछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीचको एकीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभामा २२ सदस्यसहित सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। भट्ट उक्त संसदीय दलको नेतृत्वमा हुनुहुन्





















Discussion about this post