रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

कञ्चनपुर । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका २६ जना सम्पर्कविहीन भएका छन्।

बाढीका कारण उनीहरूसँग सम्पर्क हुन नसकेपछि आफन्तहरू चिन्तित बनेका छन्। सम्पर्कविहीन व्यक्तिका आफन्तहरूले खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जानकारी गराएका छन्।

सम्पर्कविहीन भएकाहरूको अवस्था यकिन गर्न तथा उनीहरूको खोजी र उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका कञ्चनपुरका नागरिकको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित