बाढी प्रभावित नुवाकोट र रसुवामा सिएमसीको २१ सदस्यीय स्वास्थ्य टोली

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बाढी प्रभावित नुवाकोट र रसुवामा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सकसहित २१ सदस्यीय स्वास्थ्य टोली पठाएको छ।

अस्पतालले बुधबार बाढी प्रभावित क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो। टोलीले आगामी असोज ५ गतेसम्म प्रभावित क्षेत्रका विभिन्न स्थानमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिनेछ।

टोलीको नेतृत्व गरेका डा. वीरेन्द्र राउतका अनुसार टोलीमा मुटुरोग, जनरल मेडिसिन, हाडजोर्नी, मनोरोगलगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सक सहभागी छन्। टोलीले भिडियो एक्सरे, युरिनरी आरई, पीएफटी, ल्याब परीक्षणलगायत स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउनेछ।

स्वास्थ्य परीक्षणका क्रममा आवश्यक पर्ने औषधिसमेत बिरामीलाई निःशुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले आवश्यक देखिएमा थप चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइने बताए। हाल गएको टोलीले पाँच दिनसम्म सेवा दिने र परिस्थितिको आवश्यकता हेरी सोही टोलीलाई थप समय राख्ने वा अर्को टोली पठाउने निर्णय गरिने उनले जानकारी दिए।

“बाढीपछि हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै हामीले स्वास्थ्य टोली पठाएका हौँ,” देवकोटाले भने, “सरकारी निकायसँग समन्वय गरेर आवश्यक देखिएका स्थानमा स्वास्थ्य सेवा प्रदान गरिनेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित