त्रिपुरेश्वरमा चालकले चलाउँदै आएको मिनीबसमा आगजनी, ९० प्रतिशत जलेका चालकको अवस्था गम्भी

काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार मध्याह्न रिद्धिसिद्धि यातायातको मिनीबसमा आगलागी भएको छ। राहदानी विभागअगाडिको बस पकेटमा बा ५ ख ४२७४ नम्बरको मिनीबसमा दिउँसो १२ः१५ बजे अचानक धुवाँ देखिएपछि आगो लागेको हो।

बसमा आगो लाग्दा चालक २५ वर्षीय दावा लामा चालक सिटमै थिए। बसको ढोका भित्रबाट लक गरिएको अवस्थामा रहेकाले सुरक्षाकर्मीले ढोका फुटाएर लामालाई उद्धार गरेका थिए।

काभ्रेको पनौती नगरपालिका–६ घर भएका लामालाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको छ। अस्पतालका चिकित्सक डा. विशाल कार्कीका अनुसार लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको छ। उनको अवस्था गम्भीर रहेको छ।

मुलपानी हुँदै थानकोट चल्ने उक्त बस लामाले नै चलाउँदै आएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा बसमा लामाले नै आगो लगाएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताएका छन्।

बसमा आगजनी गर्नुको कारण भने खुल्न सकेको छैन। प्रहरीले घटनाको कारणसँगै चालकको मानसिक अवस्था र स्वभावबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।

लामा अहिले बोल्न सक्ने अवस्थामा छैनन्। घटनाका प्रत्यक्षदर्शीले बस चालक र ड्युटीमा खटिएका प्रहरीबीच विवाद भएको दाबी गरेका छन्। प्रहरीले उक्त दाबीबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार घटनाअघि ट्राफिक प्रहरीले लामासँग बसका कागजात मागेको थियो। तर, उनले कागजात नदिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

सडक किनारमा पार्किङ गरिएको अवस्थामा बसमा आगो लागेको पाइएको हो। घटनास्थलमा भएको वास्तविक घटनाक्रम र आगजनीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित