नेपाल प्रहरीले खुलायो नयाँ भर्ना, प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदमा आवेदन आह्वान

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षामार्फत नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले २०८३ असोज २ गते पहिलोपटक सूचना प्रकाशित गर्दै समावेशी प्रावधानअनुसार रिक्त पदमा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (असई) पदका लागि इच्छुक उम्मेदवारले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। आवेदनका लागि नेपाल प्रहरीको वेबसाइटको Career अन्तर्गत रहेको Online Application वा careers.nepalpolice.gov.np मार्फत फाराम भर्न सकिनेछ।

त्यस्तै, प्रहरी कार्यालय सहयोगी पदका लागि भने उम्मेदवार स्वयं उपस्थित भई सम्बन्धित प्रक्रियाअनुसार दरखास्त दिनुपर्ने नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले योग्य तथा इच्छुक नेपाली नागरिकलाई सूचनामा तोकिएको योग्यता, आवश्यक कागजात, आवेदन प्रक्रिया तथा समयसीमा ध्यानपूर्वक अध्ययन गरी निर्धारित प्रक्रियाअनुसार आवेदन दिन आग्रह गरेको छ।

भर्नासम्बन्धी विस्तृत सूचना तथा आवेदन प्रक्रियाका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट हेर्न सकिनेछ। साथै तलको लिङ्क खोल्नु होस

जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८३-०६-०२)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित