बेलडाँडीमा निःशुल्क डिजिटल मार्केटिङ तालिम, २५ जनालाई अवसर

कञ्चनपुर । बेलडाँडी गाउँपालिकाले युवाको सीप विकास तथा रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले निःशुल्क डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुने तालिममा २५ जना सहभागी गराइने गाउँपालिकाले जनाएको छ। तालिमको अवधि १४ दिन रहनेछ।
तालिममा सहभागी हुन १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिक, बेलडाँडी गाउँपालिकाका स्थायी बासिन्दा तथा कक्षा १० उत्तीर्ण वा सोभन्दा माथिको शैक्षिक योग्यता भएका व्यक्ति योग्य हुनेछन्।

इच्छुकले नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा सम्पर्क नम्बर उल्लेख गरिएको निवेदन पेश गर्नुपर्नेछ।

गाउँपालिकाका अनुसार आवेदन सूचना प्रकाशित भएको मितिले सात दिनभित्र, अर्थात् २०८३ असोज १२ गतेसम्म गाउँपालिकाको कार्यालयमा बुझाउन सकिनेछ। कार्यालय खुलेको पहिलो दिनसम्म सार्वजनिक बिदा परेमा आवेदन बुझाउन सकिने व्यवस्था गरिएको छ।

तालिम सञ्चालन हुने मिति, स्थान र समयबारे अर्को सूचनामार्फत जानकारी गराइने गाउँपालिकाले जनाएको छ। साथै, गाउँपालिकाले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित