कञ्चनपुर क्षेत्र नं. १ का चार पालिका सभापति सर्वसम्मत चयन

कञ्चनपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कञ्चनपुर क्षेत्र नम्बर १ मा पर्ने चारवटै पालिकाका सभापति सर्वसम्मत चयन भएका छन्। अधिवेशनबाट बेलडाँडी गाउँ सभापतिमा धनबहादुर रोकाया चयन भएका हुन्।

यसैगरी लालझाडी गाउँ सभापतिमा लक्ष्मण राना, बेलौरी नगर सभापतिमा प्रकाश श्रेष्ठ र पुनर्वास नगर सभापतिमा खगेन्द्र ओझा सर्वसम्मत चयन भएका छन्।

बेलडाँडी गाउँ समितिका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन्। उपसभापतिमा भुवन पण्डित, महिला उपसभापतिमा रतना कुमारी सुनार, सचिवमा वेदप्रकाश जोशी तथा सहसचिवमा दिनेश जोशी चयन भएका हुन्।

पालिका तहको नेतृत्व सर्वसम्मत चयन भएसँगै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्र नम्बर १ मा सहमति र सहकार्यको सकारात्मक सन्देश गएको स्थानीय नेताहरूले बताएका छन्। नेतृत्व चयनका क्रममा आपसी समझदारी कायम गर्दै नयाँ कार्यसमिति निर्माण गरिएको हो।

सर्वसम्मत नेतृत्वले आगामी दिनमा संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै स्थानीय तहमा पार्टीका गतिविधि प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित