डोल्पा । जुफाल विमानस्थलमा अवतरणका क्रममा ल्यान्डिङ गियरमा क्षति पुगेपछि रनवेमा रोकिएको सीता एयरको विमानको प्राविधिक अवस्था परीक्षण गर्न टोली डोल्पा पठाइने भएको छ।
सीता एयरले आफ्ना दुई जना प्राविधिकलाई आवश्यक स्पेयर पार्ट्ससहित फिस्टेल एयरको हेलिकोप्टरमार्फत डोल्पा पठाउने तयारी गरेको जनाएको छ। प्राविधिक टोलीले विमानको क्षतिको अवस्था निरीक्षण गरेपछि त्यसलाई डोल्पामै मर्मत गर्न सकिने वा नेपालगन्ज अथवा काठमाडौं ल्याउनुपर्ने भन्नेबारे निर्णय गरिने सीता एयरका एक अधिकारीले जानकारी दिएका छन्।
यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि सेफ्टी विभागका अधिकारीलाई घटनास्थलमा पठाएर विमानको अवस्थाबारे निरीक्षण गराउने तयारी गरेको छ।
प्राविधिक तथा नियामक टोलीको स्थलगत निरीक्षणपछि मात्रै विमानलाई जुफालमै मर्मत गर्न सकिने वा अन्यत्र लैजानुपर्ने विषयमा टुंगो लाग्ने बताइएको छ।





















Discussion about this post