कञ्चनपुर । भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावनालाई मध्यनजर गर्दै भीमदत्त नगरपालिकाले शुक्रबार (असोज ९ गते) नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको छ।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त मौसमसम्बन्धी जानकारीका आधारमा विद्यार्थीको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा स्थानीय तहको समन्वय तथा सहजीकरणमा विद्यालयमा बिदा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार भीमदत्त नगरपालिकाअन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई असोज ९ गते विद्यालयमा बिदा गर्न/गराउन अनुरोध गरिएको उल्लेख छ।
नगरपालिकाले प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमबाट बालबालिका, शिक्षक तथा विद्यालय समुदायलाई सुरक्षित राख्न यस्तो निर्णय गरेको हो।






















Discussion about this post