धनगढी । कैलालीको गौरीगंगा नगरपालिका-६ बनबेहडाकी एक महिलाको सामुदायिक वनमा रुखबाट लडेर मृत्यु भएको छ।
स्थानीय बारवन सामुदायिक वनमा घाँस काट्न गएकी ४० वर्षीया पार्वती साउद मृत अवस्थामा फेला परेकी हुन्।
प्रहरीका अनुसार प्रेमबहादुर साउदकी श्रीमती पार्वती शुक्रबार दिउँसो घाँस काट्न वनतर्फ गएकी थिइन्। साँझसम्म पनि घर नफर्किएपछि परिवार तथा आफन्तले उनको खोजी सुरु गरेका थिए।
खोजीका क्रममा शनिबार बिहान करिब ९ बजे उनलाई रुखबाट लडेको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चौमाला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















Discussion about this post