कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल-भारत सीमा जोड्ने वनबासा पुलमा चारपाङ्ग्रे सवारी साधनको आवतजावत बन्द गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज बिहान ४ बजे महाकाली नदीमा पानीको बहाव १ लाख ७ हजार ९ सय ५२ क्यूसेक मापन गरिएको छ।
पानीको बहाव उच्च भएपछि सुरक्षा सतर्कता अपनाउँदै वनबासा पुलमा चारपाङ्ग्रे सवारी साधनको आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ। पुलमा अन्य आवागमनको अवस्थाबारे सम्बन्धित निकायले आवश्यक निर्णय गर्ने जनाइएको छ।
महाकाली नदीमा पानीको सतह बढिरहेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनसमेत प्रहरीले आग्रह गरेको छ।




















Discussion about this post