बेलडाँडी,
बेलडाँडीमा सञ्चालित शिक्षामा कोभिड प्रतिकार्य परियोजनाको आज संयुक्त अनुगमन गरिएको छ ।
शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत सञ्चालित टोल शिक्षालाई प्रबृधि मैत्री बनाई विद्यार्थीहरुको शैक्षणिक कृयाकलाप प्रभावकारी बनाउने उद्धेश्यका साथ निड्स नेपाल कञ्चनपुरले विगत ९ महिना देखि बेलडाँडीका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गर्दै टोल शिक्षा प्रदान गर्दै आएको थियो ।
बेलडाँडीमा १४ वटा सामुदायिक विद्यालयहरुका बालबालिकाहरुलाई अतिरिक्त कक्षाको रुपमा टोल शिक्षा प्रदान गर्दै ८० वटा टोल शिक्षा संचालनमा ल्याएको निड्स नेपालले जनाएको छ ।
युएसएआइडीको आर्थिक सहयोगमा, यूनिसेफको समन्वय र निड्स नेपाल कञ्चनपुरद्धारा संचालित टोल शिक्षा मार्फत कोभिडका कारण विद्यार्थीहरुको नियमित पठनपाठनमा बाधा पुराई शिक्षण कृयाकलापमा परेको असरलाई न्युनिकरण गर्ने उदेश्यका साथ विद्यालय समय पछि र अगाडीको समयमा करिब दुई घण्टा दैनिक अतिरिक्त कक्षा संचालनले प्राप्त भएको प्रतिफलको आज सोमवार संयुक्त अनुगमन गरिएको हो ।
अनुगमनमा सरोकारवालाहरुको तर्फबाट मुख्य सुचक बनाई आज बेलडाँडी गाउँपालिकाका ५ वटा टोलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा यस परियोजनाले टोल शिक्षाको माध्यमबाट विद्यार्थीहरुलाई खेल्दै, नाच्दै, सिक्दै गर्ने शिक्षणका कारण बालबालिकाहरुले विद्यालय समय पछि पनि उत्साहका साथ टोल शिक्षामा सहभागि भएको देखिएको छ । बालबालिकाहरुमा पठन तथा लेखन बानीको सन्तोषजनक विकास भएको, परियोजनाका क्रममा टोलले प्राप्त गरेका शैक्षिक सामग्रीहरु सही सदुपयोग भएको अनुगमन समितिले जनाएको छ ।
अनुगमनमा बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र राना, उपाध्यक्ष शान्ती नाथ, प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशी, शिक्षा शाखा प्रमुख भानुभक्त जोशी, वडा नं.२ का अध्यक्ष नारद सिंह उर्याल, वडा नं.४ का अध्यक्ष बीर बहादुर खडका, प्रा.स. लोकेन्द्र बहादुर शाही, रिट नेपालका रामचन्द्र उपाध्याय, निड्न नेपालका निर्वतमान उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशी,निड्स नेपालका संस्थापक कोषाध्यक्ष मनराज उपाध्याय, विमला शाह, दिपेन्द्र चौधरी, रमेश बहादुर कामी र पत्रकार लगायतको सयुक्त अनुगमन टोलीले अनुगमन गरेका थिए ।
भोली परियोजनाको विषयमा समिक्षा हुने निड्स नेपालका दिपेन्द्र चौधरीले जानकारी गराउनु भयो । परियोजना माघमा सकिने भएको छ ।
Discussion about this post