बेदकोटमा छाडा चौपाया खाडलमा पुरिएको भेटिए पछि स्थानीय अान्दोलित, आन्दोलन रोक्न ठुलोमात्रामा प्रहरी परिचालन

54
VIEWS

बेदकोट,
बेदकोटमा छाडा चौपाया खाडलमा पुरिएको भेटिएपछि स्थानीय आन्दोलित भएका छन् । बेदकोट नगरपालिकाद्वारा अान्दोलन रोक्न ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

नगरपालिकामा सर्बदलीय सर्वपक्षीय बैठक बस्ने तयारी गरिएपछि कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

कार्यालयमा प्रहरीहरु माइक सहित सबै सुरक्षा सावधानीका साथ परिचालन भएका छन् । छाडा चौपाया व्यवस्थापनका लागि माग राखेर स्थानीय आउने आशंकामा उनीहरुलाई कार्यालयभित्र प्रवेश नगर्न नदिने गरी प्रहरी परिचालन गरिएको हो ।

नगरपालिकाले सर्वपक्षीय छलफल गरी छाडा चौपाया व्यवस्थापनका लागि अघि बढ्नु पर्नेमा प्रहरीको सहारा लिएपछि आन्दोलन थप चर्किने सम्भावना बढेको छ । नगरपालिका कार्यालयमा भएका केही स्थानीयले प्रहरी परिचालनपछि तनावको अवस्था आएको बताएका छन् ।

पाँच दिन अघि छाडा चौपायालाई चुनेपानी लैजान अवरोध खडा गरिएपछि स्थानीय गाई गोरु कार्यालयभित्र हुलेर आन्दोलनमा उत्रिएका हुन् । दुई दिन कार्यालयभित्र राखिएका गाई गोरु बाहिर खाल्डोमा गाडिएको अवस्थामा भेटिएपछि स्थानीय थप आक्रोशित हुन पुगेका छन् । मंगलबार चुरे क्षेत्रमा गाडिएको अवस्थामा गाई गोरु भेटिएका थिए ।

स्थानीयले ती गाई गोरु भीरबाट खसालेर मारको आरोप लगाएका छन् । केहीले भने चुरे क्षेत्रमा लैजाने क्रममा ट्रकमा कोचिएर ती गाई गोरु मरेपछि खाल्डोमा पुरिएको आशंका गरेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का नेता हरि सुवेदी सहितले स्थलगत अनुगमनका क्रममा ती छाडा पशु चौपाया भेटिएका हुन् । ‘कार्यालयबाट लगेपछि कता व्यवस्थापन गरिएको रहेछ भनेर हेर्न जाँदा खाल्डोमा पुरिएको अवस्थामा भेटिएका हुन्’ नेता सुवेदीले भने ।

नेकपा बहुमत र नेकपा (क्रान्तिकारी माओवादी) ले विज्ञप्ति प्रकाशित गर्दै नगरपालिकाको यो कार्यको विरोध गरेको छ । अव्यवस्थित ढंगले लिप्ना सडक खण्डमा छोडेका गाईगोरुको तत्काल व्यवस्थापन गरिनु पर्ने माग विज्ञप्तिमा गरिएको छ ।

‘घटनाको सत्यतथ्य छानबिन गरी उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरु माथि कडा भन्दा कडा कार्वाही गर्न हुन प्रशासन समक्ष माग गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘घटनाको सत्यतथ्य छानबिन गरी उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरु माथि कडा भन्दा कडा कार्वाही गर्न हुन प्रशासन समक्ष माग गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बेदकोट नगरपालिकाले मंगलबार कार्यपालिका बैठकबाट सबै वडामा अस्थायी रुपमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । बेदकोटका प्रवक्ता चित्रदेब भट्टले सबै वडामा काञ्जी हाउस बनाएर अल्पकालिन व्यवस्थापन गर्ने निर्णय गरिएको बताए ।

‘नगरपालिका कार्यालय नजिक पुल छेउ सहित सबै वडामा अल्पकालिन व्यवस्थापनका लागि काञ्जी हाउस बनाउने निर्णय गरिएको छ,’ उनले भने,‘बैतोडामा दिगो व्यवस्थापन गर्छौ ।’

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार