बसको ठक्करबाट कञ्चनपुरमा एक विद्यार्थीको मृत्यु, अाफन्तद्वारा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

219
VIEWS

कञ्चनपुर,
कञ्चनपुरमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ।

अाज शुक्रबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका विद्यार्थीलाई ठक्कर दिदा दुर्घटना भएको थियो ।

ठक्करबाट बेदकोट नगरपालिका-६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बस महेन्द्रनगरबाट दार्चुला गइरहेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे।

घटनाको विरोधमा आक्रोशित स्थानीयले अहिले पूर्व-पश्चिम राजमार्ग बन्द गराएका छन्। प्रहरीले अहिले आवागमन सहज बनाउने प्रयास गरिरहेको जनाएको छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार