१४७ ब्याचका प्रहरी सहायक निरीक्षकद्वारा मानव सेवा आश्रममा खाद्यान्न सहयोग

21
VIEWS

कञ्चनपुर,
नेपाल प्रहरीका १४७ औँ ब्याचका प्रहरी सहायक निरीक्षकहरुले मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेका छन ।

जागिरको १५औँ बर्षगाँठको अवसर पारेर सुदूरपश्चिममा कार्यरत केही प्रहरी सहायक निरीक्षक ब्याचीहरुले आश्रममा खाद्यान्न सहयोग गरेका हुन । ८ पुष ०६४सालमा प्रहरी सहायक निरीक्षकमा नियुक्त भएका प्रहरी अधिकृतहरुले सामुहिक रुपमा शुक्रबार खाद्यान्न एव फलफुल सहयोग गरेका हुन ।

०६४ साल १४७औँ ब्याचका तत्तकालिन प्रहरी सहायक निरीक्षकमा भर्ना भएका हाल प्रहरी निरीक्षक टेक बहादुर जोरा, प्रहरी नायब निरीक्षकहरु योगेन्द्र सिह मौनी, राजेन्द्र बम, समुन्द्रकेशर पन्त, मोहन बम, चन्द्र बहादुर कठायत, दिग्गज ठगुराठी सहितका प्रहरी अधिकृतहरुले आश्रममा सहयोग गरेका हुन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक लोकराज भट्टले १४७औँ ब्याचका तत्तकालिन प्रहरी सहायक निरीक्षकहरुले आफ्नो जागिर १५औँ बर्ष पुगेको अवसरमा आश्रममा खाद्यान्न सहयोग गरेको बताए ।

प्रहरी निरीक्षक भट्टका अनुसार जागिर जिवनको अवसर पारेर समाजिक कार्य गर्नका लागि उक्त सहयोग गरेको बताए । उनीहरुले आश्रममा चामल, दाल, नुन, तेल, सोयाबिन सहित फलफुल खाद्यान्न सहयोग गरेका छन ।

देश र जनताको सुरक्षाका लागि २४सै घण्टा खटिने प्रहरी अधिकृतबाट आफ्नो व्यवसायिक जिवनको अवसर पारेर सहयोग गरेको भन्दै आश्रमबाट आभार प्रकटका साथै धन्यवाद प्रमाण पत्र दिएका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार