पुनर्वास,
लागूऔषध खैरो हेरोइनसहित पुनर्वास बाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लको कमाण्डमा खटिएको टोलीले पुनर्वास नगरपालिका-४ घ गाउँबाट दुई युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका-११ अमरबस्तिका ३० वर्षीय राम बहादुर विक र सोही वडा अन्तर्गत डोकेबजारका राजु थापा रहेका छन् ।
उनीहरुको साथबाट २ ग्राम ८८ मिलिग्राम खैरो हेरोइन फेला पारी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।
Discussion about this post