धनगढीमा एक हजार दरका चार थान नक्कली नोटसहित एक जना पक्राउ

25
VIEWS

धनगढी ,

कैलालीको धनगढीबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहबाट नेपाली एक हजार दरका चार थान नक्कली नोटसहित चुरे गाउँपालिका–६ बस्ने ५५ वर्षीय लालबहादुर साउद पक्राउ परेका हुन्।

प्रहरीले शनिबार साउदलाई नक्कली नोटसहित पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई नक्कली नोट सहित फेला पारेको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार