धनबहादुर बिक/पुनर्वास,
पुनर्वास नगरपालिकामा रहेको एक बिद्यालयले बिद्यालय संग जोडिएको सडक निर्माण गरिदिन नगरपालिकामा ज्ञापनपत्र पेश गरेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ६ मा रहेको श्री जीवन ज्योती माविले बिद्यालयसंग जोडिएको जिर्ण सडकको कारण दुर्घटना हुनथालेपछी मर्मत गरिदिन नगरपालिकालाई ज्ञापनपत्र पेश गरेको हो ।
बुधबार बिद्यालय व्यवस्थापन समितिले बिद्यालय व्यवस्थापन समिति तथा अभिभावक भेला बसी बिद्यालय संग जोडिएको अति जिर्ण अवस्थामा रहेको सडक स्तरउन्नति गरिदिन नगरपालिका लाई ज्ञापनपत्र पेश गरेको छ ।
बिद्यालयका प्रधानाध्यापक भरत कुमार बस्नेतले उक्त ज्ञापनपत्र नगर प्रमुख तोया प्रसाद शर्मालाई पेश गर्नुभएको छ ।
नगर प्रमुख शर्माले उक्त ज्ञापनपत्र कार्यपालिका बैठकमा पेश गरि जतिसक्दो चाडै उक्त बाटो निर्माण गरिने जानकारी दिनुभएको प्रअ बस्नेतले जानकारी गराउनु भयो ।
बिद्यालयको नजिकै रहेको चोक देखि बिद्यालय हुँदै वडा नम्बर ६ चौरासी धारा चोक सम्म उक्त बाटोमा ग्राभेल गरिएको छ भने करिब दुई बर्ष अघि ग्राभेल गरिएको उक्त बाटोमा ठुलठुला ढुङ्गा का कारणले दुर्घटना हुँदै आएको स्थानीयले बताएका छन ।
पुनर्वास नगरपालिका वडा नम्बर ९ बिँचफाटा देखि बेलौरी , बेलडाडी सम्म आवतजावत गर्ने उक्त सडकमा सवारीसाधन ओहोरदोहोर गर्दा विद्यार्थीलाई चोटपटक समेत लाग्ने गरेको बिद्यालयका सहायक प्रअ सेते बिस्वकर्माले बताउनुभयो ।
Discussion about this post