बेलडाँडी,
केहीदिन यता देखि लाग्न थालेको बाक्लो कुहिरो, हुस्सुसँगै शीतलहरले जनजीवन कष्टकर बनेको छ ।
दिनभरि लाग्ने बाक्लो हुस्सु कुहिरोले जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो । कञ्चनपुर, कैलाली सहितका जिल्लामा लगातारको हुस्सुका कारण पछिल्ला दिनमा घाम झुल्किन नपाएर दिउँसै अँध्यारोजस्तो भइरहेको छ ।
कठ्याङ्ग्रिने जाडोको सामना गरिरहेका सर्वसाधारणलाई न्यानो कपडा र आगो ताप्न दाउराको समस्या भइरहेको छ । सहरी चौकचौराहमा पालिकाले दाउराको बन्दोबस्त गरेको छ भने गाउँघर तिर चिसो छल्न आम प्रयास स्थानीयहरु गरिरहेका छन् ।
यस वर्ष विगतका वर्षको तुलनामा केही दिन ढिलोगरी चलेको शीतलहरले बढेको जाडोका कारण मजदुर, स्कुले बालबालिका, वृद्धवृद्धालाई बढी असर पारेको छ । धेरै विद्यालयले जाडोको बिदा दिए पनि कतिपय निजी विद्यालयले बालबालिकाको स्वास्थ्यमा चिसोका कारण पर्नसक्ने जोखिमको बेवास्ता गरेर अझै बिदा दिएका छैनन् ।
“पठनपाठनलाई नियमित बनाउने निजी विद्यालयबीचको अस्वस्थ प्रतिस्पर्धाले प्रतिकूल मौसममा पनि बिदा नदिने प्रवृत्ति देखिएको छ, चिसोले सबैभन्दा बढी साना बालबालिकालाई असर पुगिरहेको छ ।”
Discussion about this post