बेलौरी नगरपालिका वडा नम्बर ५ द्वारा जेष्ठ नागरिकलाई पानी तताउने इलेक्ट्रोनिक जग र टर्च लाइट बितरण

22
VIEWS

बेलाैरी,

बेलौरी नगरपालिका वडा नम्बर ५ को कार्यालयद्वारा जेष्ठ नागरिकहरूलाई पानी तताउने इलेक्ट्रोनिक जग र टर्च लाइट बितरण गरेको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ५ बाट सामाजिक सुरक्षा भत्ता पाइरहेका जेष्ठ नागरिक २४४ जनालाई एक थान पानी तताउने जग र टर्च लाइट बितरण गरिएको वडाध्यक्ष लालबहादुर चौधरीले जानकारी गराउनु भयो।

वडा ५ कार्यालयको आर्थिक बर्ष २०७९/०८० को लक्षित  बर्गको ३ लाख बजेट बाट  उक्त सामाग्री बितरण गरिएको बताउनुभयो ।

वडा अध्यक्ष लालबहादुर चौधरीको अध्यक्षतामा, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी रहेका थिए भने विशिष्ट अतिथि कार्यपालिका सदस्य आरती कुमारी चौधरी र रामनगर सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष दिपा चौधरी रहनुभएको थियो।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार