बेलाैरीमा थारूकल्याणकारिणीद्वारा टेसर माघ म्याला अायोजना हुँदै

82
VIEWS

बेलाैरी,
बेलाैरीमा थारूकल्याणकारिणीद्वारा टेसर माघ म्याला-२०७९ अायोजना हुने तयारी पूरा भएको छ ।

यसै पाैष २७ र २८ गते दुई दिन बेलाैरीको खुल्ला मञ्चमा माघ म्याला लाग्ने भएको छ । थारूकल्याणकारिणी सभा बेलाैरीले प्रत्येक बर्ष माघीलाई मध्यनजर गर्दै बेलाैरीको खुल्ला मञ्चमा माघ म्याला अायोजना गर्दै अाएको थियो भने अघिल्ला बर्षरूमा कोरोना कहर भएकाले म्याला अायोजना गर्न नसकिएको अायोजकले जनाएको छ ।

म्यालामा थारू राष्ट्रिय कलाकार मोडेल अन्जु कुस्मी, शालिकराम चाैधरी, अार के थारू, लक्ष्मी राना लगायत स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने भएको छ ।

अायोजकले स्टल बुकिङ र झाकि नाच दर्ताका लागि सूचना जारी गरेकाे छ ।

कार्यक्रमको सह-अायोजक बेलाैरी नगरपालिका रहेको छ भने थारूकल्याणकारिणी सभा बेलाैरीले अायोजना गरिरहेको छ । कार्यक्रमलाई भब्य सभ्य बनाउन थारू अगुवाहरू सकृय भएका छन् । उनीहरूका अनुसार थारू संस्कृति जगेर्नाका निम्ति यस्ता कार्यक्रम अायोजना गर्दै अाएको बताए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार