बेदकोट नगरमा बहुप्राविधिक शिक्षालय संचालन हुनकञ्चनपुर,
कञ्चनपुरको बेदकोट नगरपालिकामा बहुप्राविधिक विद्यालय संचालन हुने भएको छ ।
बहु प्राविधिक शिक्षालय संचालनका लागि नगरपालिकाले ऐन समेत पारित गरेको छ । बेदकोट नगरका कार्यपालिका सदस्य पवन नेपालीले समयसापेक्ष प्राविधिक शिक्षाको माग र आवश्यकता अनुरुप नगरपालिकाले प्राविधिक शिक्षा संचालनका लागि ऐन ल्याएको बताए ।
कार्यपालिका सदस्य नेपालीले नगरपालिकाको १२ औँ नगर सभाबाट बहुप्राविधिक शिक्षालय संचालन तथा व्यवस्थापन ऐन सहित थप चार ऐन पारित गरिएको बताए । उनका अनुसार स्थानीय स्वास्थ्य सेवा ऐन, स्थानीय संघ
सस्था दर्ता तथा नियमन ऐन र नगर प्रहरी ऐन २०७९ पारित गरिएका छन । नगर सभामा समग्र बेदकोट नगरको सम्बृद्धि दिगो विकासका लागि योजना छनौट गरिएको समेत नगर कार्यपालिका सदस्य नेपालीले बताए ।
बेदकोट नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख तुलसी जोशीले विभिन्न योजना प्रस्तुत गरेकी थिईन । भने नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले संचालन गरेका थिए ।
१० वडा रहेको बेदकोट नगरका रहेका विद्यमान समस्या समाधान गर्दैं सम्बृद्ध नगरपालिका बनाउने नगर सभा सदस्यको सकल्प रहेको थियो । बेदकोट जस्तै कञ्चनपुरका अन्य पालिका सरकार हिउँदे अधिवेशन गर्दै आ–आफ्नो गाँउ तथा नगर सम्बृद्धिका एजेण्डा अघि सारिरहेका छन । तर, योजना अनुरुप स्रोत साधन नहुँदा चुनौती थपिदै छ ।
Discussion about this post