बेलडाँडीमा एक किशोरीको तरकारीमा प्रयोग गर्ने विषादी सेवनबाट मृत्यु

बेलडाँडी,
बेलडाँडीमा एक किशोरीद्धारा तरकारीमा प्रयोग गर्ने विषादी सेवन गर्दा मृत्यु भएको छ ।

बेलडाँडी गाउँपालिका वडा नं.४ बस्ने अन्दाजी बर्ष १८ की रेजिना नाथले तरकारीमा प्रयोग हुने विषादी खादा मृत्यु भएको परिवारजनले बताएका छन् । मृतक किशोरीले आज दिउसो साढे ३ बजे तिर विषादी सेवन गरेको र परिवारले थाहाँ पाउदा बेलडाँडी प्राथामिक स्वास्थ्य केन्द्र पुर्याउदा अचेत अवस्था भएकाले महेन्द्रर रिफर गरेको र महेन्द्रनगर लैजादै गर्दा बाटोमै मृत्यु भएको बेलडाँडी प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपक पातलीले जानकारी गराउनु भयो ।

प्रमुख पातलीका अनुसार घटना बारेमा थप अनुसन्धान भइरहेको जनाउदै मृत्यक किशोरीलाई पोस्टमार्टमका लागि बेलौरी पुर्याएको जनाए । बेलडाँडी स्वास्थ्य केन्द्रमा पोस्टमार्टमको सुविधान भएपनि डक्टर काम विशेषले बाहिर हुदा पोस्टमार्टम हुन नसकिएको जनाइएको छ ।

किशोरी वडा नं.५ को बैजनाथ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित