मेट ठेकेदारले भारतमा लगेर नेपाली मजदुरलाई ठगे

कञ्चनपुर,
नेपालका एक मेट ठेकेदारले आफ्नै नेपाली दाजुभाईलाई ठगेका छन ।

 

कामका लागि उत्तराखण्डका पहाड लगेर महिनौँ काम गराएर ज्याला नदिएर श्रम शोषणका साथै ठगेका हुन । दैलेख सुर्खानीघाँडीका यम बहादुर मल्लले आफ्नै मजदुरलाई ठगेका छन ।
मल्लले कैलाली, कञ्चनपुर सहित सुदूर तथा मध्य पहाडी क्षेत्रका विपन्न मजदुरलाई ठगेका हुन । घोडाघोडी नगरपालिका १ कैलालीका दल बहादुर रतौकी मेट ठेकेदार यम बहादुर मल्लले आफुहरु सहित सयौँ मजदुरलाई ठगेको बताए । रतौकीले न्याय र काम गरे बाफत रकम दिलाईउनुपर्ने माग अघि सारे प्रहरी प्रशासनमा हारगुहार गरिरहेका छन ।

‘चिनजानकै ठेकेदार यम बहादुर मल्लले म माफर्त ५०औँ मजदुरलाई ठकेको छ, ‘उनले भने, ‘मलाई मजदुर खोज्न भन्यो, त्यही अनुरुप मैलेपनि मजदुर खोजेर हामी कामका लागि भारत गए, गत साउनदेखि अहिलेसम्म काम गरे तर, पैशा दिएर आफु सम्पर्क बिहिन भयो ।’

सबै मजदुरलाई मलाई पैशा दिन दवाव दिईरहेको बताउँदै उनले ठेकेदारले ठगेपछि आफुलाई संकटमा पारेको बताए । ‘उता भारतमा लगेर सडक खानेपानीको काममा लगायो, ‘उनले भने, ‘मेरैपनि सात महिनाको पारिश्रमिक दिएको छैन, ‘उनले भने, ‘अरुका पनि त्यस्तै किसिमले ज्याला दिएको छैन ।’

मजदुरको दैनिक ५सय ५०, मिस्त्रीको ६सय ५०देखि माथि र आफ्नो २५ हजार मासिक रकम दिन्छु भनेर लगेपनि अहिलेसम्म नदिएको उनले बताए । ठेकेदार यम बहादुर मल्लले आफुहरुलाई विचल्ली बनाएको बताउदै उनले सरकारी तथा गैर सरकारी निकायसंग न्यायका लागि हारगुहार गरिरहेका छन ।

यस विषयमा थप बुझ्नका लागि ठेकेदार यम बहादुर बमको ९८२२६७४१९६ नम्बरमा पटक पटक सम्पर्क गर्न खोज्दा उनले उठाएनन । पीडित मजदुर रतौकीले प्रशासन प्रहरीमा ठग ठेकेदारलाई कार्बाहीका लागि निवेदन दिएका छन । प्रहरी प्रशासनले समेत मजदुर रतौकीको निवेदनमा कार्बाही अघि बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित