बेलडाँडीका २८ बर्षे क्यान्सर पिडित महेशको आर्थिक अभावका कारण उपचारमा समस्या

बेलडाँडी,
बेलडाँडीका २८ बर्षे क्यान्सर पिडित महेश सुनारको आर्थिक अभावका कारण उपचारमा समस्या हुन थालेको छ ।

 

भारतमा मजुदरी गरेर जिविकापार्जन गर्दै आएका बेलडाँडी गाउँपालिका वडा नं.२ निवासी २८ बर्षिय महेश सुनारको जिब्रोमा क्यान्सर भएछि भारतको मुम्वइमा उपचार गराउदा गराउदै आफु संग भएको ५ कट्टा खेतवारी गर्ने जमिन बेचिसक्दा समेत क्यान्सर निको भएको छैन् ।

गत असाढ महिनामा छोराको जिब्रोमा क्यान्सर भएपछि आफु संग भएको ५ कट्टा जमिन बिक्री गरेर १५ लाख जति उपचारमा सकिएको बुवा चन्द्रभान सुनारले जानकारी गराउनु भयो । क्यान्सरका कारण छोराको जिब्रो समेत काटेर फाएिको छ तर अझै क्यान्सरले जटिल रुप लिन थालेपछि थप उपचार गर्न आर्थिक अभावका कारण परिवारजन चिन्तामा परेका छन् ।

लामो समय भारतमा उचार गराई आर्थिक रुपमा निकै कमजोर भईसकेका सुनार अहिले चितवनको भरतपुर स्थित बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारत रहेको र अस्पतालमा नियमित रुपमा उपचार गर्नुपर्ने भएकाले खर्चको अभावमा उपचारमा समस्या हुन पुगेको छ ।

तिव्र आर्थिक अभाव भोगिरहेको दलित परिवारमा क्यान्सर भएपछि परिवार सडकमा आउन पुगेको छ । सहयोगका लागि दुख सुखमा साथ दिने छिमेकी आफन्त र कुनै पनि तहको सरकार समेत अगाडी नआएपछि पिडितले छोराको जिवन रक्षाको निमित्त सहयोगका लागि अपिल गरेका छन् ।

हामीसंग भएको खेतबारी सबै बेचेर छोराको उपचारमा लगायौ । अब परिवार चलाउन र उपचारको हामीसंग एक सुकी नभएको पिडित सुनारले रुदै दुःख पोखे । उनले सहयोगका लागि धेरैको ढोका ढकढकाए तर सहयोगका लागि कोही अघि नआएको गुनासो गरे । खर्चको अभावमा उपचारमा समस्या भईरहेको बताउदै आर्थिक संकटका कारण घरमा दैनिक उपभोगका अति आवश्यक सामग्रीको समेत चरम अभाव सृजना भएको बताए ।

जिब्रो गुमाएर पनि क्यान्सर निको नहुनुको पिडा र दुखाईले रातभरी सुत्न नपाईरहेको क्यान्सर पिडित महेशले हातले इसारा गर्दै दुखेसो पोखे । आर्थिक अभावका कारण समयमा उपचारका लागि अस्पतालमा पुग्न नसक्दा पिडा झन थपिदै गएको छ ।

छिमेकी गजेन्द्र थापाका अनुसार पिडितको आर्थिक अवस्था कमजोर भएर परिवार चलाउन समेत समस्या हुने गरेको बताउदै आफुहरुले सहयोगका लागि अभियान समेत चलाउन थालेको बताए । उनले भने हामीहरु अहिले महेश बचाउ अभियान थाल्दैछौं सबै पक्षबाट सहयोगको अपेक्षा गरेका छौं । उहाँका अनुसार मजुदुरी गरेर खाने परिवारमा क्यान्सर भएपछि परिवारमाथि बज्रपात खसेको बताए ।

सरकारले क्यान्सरका बिरामीलाई ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५’ अन्तर्गत विपन्न नागरिक कोषबाट एक लाख रुपैयाँ दिँदै आएको छ । यो रकम क्यान्सर उपचारका लागि हात्तीको मुखमा जिराजस्तै हो ।

पिडितलाई आर्थिक सहयोगको लागि उहाँको आफनो बैंक खाता :

account name : MAHESH SUNAR

AC number : 1180196109500016 NMB Bank ltd

Mb : 9812736778

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित