बेलडाँडी,
बेलडाँडी गाउँपालिकाको आयोजनामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रौलेश्वर माध्यमिक विद्यालयले उचालेको छ ।
बेलडाँडीका ६ सामुदायिक र १ निजि गरि जम्मा ७ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितमा दास्रो स्थानमा सरस्वती मावि झर्नासागर र तस्रो स्थानमा सरस्वती जनता मावि बैवाह भएको आयोजकले जनाएको छ ।
सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रौलेश्वर मावि बेलडाँडीले राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका साथै जिल्ला छनोटका लागि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको आयोजक गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष तथा समापन समारोहका सभापति समेत रहेका हरिशचन्द्र रानाले भने “हामीले गाउँपालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौं ।” यही माघ १३ गतेदेखि सञ्चालन भएको प्रतियोगिता ४ दिनपछि सम्पन्न भएको छ ।
समापन कार्यक्रममा पुर्व मन्त्री तथा सासंद एनपी साउद प्रमुख अतिथि रहेका थिए । साउदले कार्यक्रममा बोल्दै यस क्षेत्रका खेलाडीको क्षमता वृद्धिका लागि पालिकाले गरेको कार्य सहार्निय भएको बताए । यस क्षेत्रको खेलकुद विकासमा आफुले गर्ने पहलका लागि सधै सहकार्य गर्ने वहाँले बताए ।
समापन कार्यक्रमको संचालन बेलडाँडी गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रा.स. लोकेन्द्र शाहीले गर्नु भएको थियो भने स्वागत मनतव्य पालिकाकी उपाध्यक्ष शान्ती नाथले गर्नु भएको थियो ।
Discussion about this post