कृष्णपुरमा नगरपालिका द्वारा चैते धान र बसन्ते मकैको बिउ वितरण

20
VIEWS

कृष्णपुर : कृष्णपुर नगरपालिकाले किसानहरुलाई चैते धान र बसन्ते मकैको बीउ अनुदानमा वितरण गरेको छ ।

 

सोमबार नगरपालिका परिसरमा भएको एक कार्यक्रमका बिच नगर उपप्रमुख द्रोपती रानाले किसानलाई बीउ हस्तान्तरण गरेकी हुन । कृषि शाखाले किसानलाई चैते धानको बिउमा ८०%अनुदान र बसन्ते मकैको बीउमा ५०% अनुदानका साथ बीउ वितरण गरेको हो ।

 

नगरपालिकाको कृषि शाखाले विभिन्न कृषक समूह र किसानलाई चैत धान ५४६ केजि र ४८५ केजि बसन्ते मकैको बीउ वितरण गरेको हो ।

 

बीउ हस्तान्तरण पश्चात नगरउपप्रमुख द्रोपती रानाले किसानलाई खाली जग्गाको उपयोग गराउन र व्यस्त राख्न नगरपालिकाले बिउमा अनुदानको प्रणाली ल्याएको बताइन ।

 

उनले कृष्णपुर उत्पादनका हिसाबले उर्वर भुमी रहेकोले किसानले थोरैमात्र मिहिनेत गरेपनी धेरै उत्पादन गर्न सक्ने भएकाले अनुदानमा लगेको बिउको सहि सदुपयोग गरे राम्रो उत्पादन भइ किसानको आजयार्जनमा वृद्धि हुने बताइन ।

 

कृष्णपुरले आर्थिक वर्ष २०७६/०७७ देखि विभिन्न सिजनमा किसानलाई आवश्यक पर्ने बीउ अनुदानमा उपलब्ध गराउँदै आएको नगरपालिकाका कृषि प्राविधिक गणेश ओझाले बताए ।

 

नगरपालिकाले सुपथ मुल्यमा हरेक वर्ष अनुदानमा बीउ दिन थालेपछि अनुदानमा बीउ लिने किसानको संख्यामा वृद्धि भैरहेको कृषि प्राविधिक गणेश ओझाले बताए ।

 

नगरपालिकाले यसभन्दा अगाडि गहुँको बिउ,च्याउको बिउ ,प्याजको बिउ र बगर खेती गर्ने किसानलाई तरकारीको बिउमा अनुदान दिएको थियो । अनुदानमा बीउ वितरण कार्यक्रममा वडा न ९ का अध्यक्ष कैलाश बहादुर बलायर सभापति रहेका थिए भने प्रमुख अतिथिमा कृष्णपुर नगरपालिकाकि उपप्रमुख द्रोपती राना रहेकी थिइन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार