महेन्द्रनगर नमुना मावि (साधारण स्कुुल)मा ‘छात्राबास भवन’ निर्माण, विद्यार्थीलाई राहत

9
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)मा छात्राबास भवन निर्माण भएको छ । भीमदत्त नगरपालिका १८ कटान स्थित महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)मा छात्राबास भवन निर्माण भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त विद्यालयमा छात्राबास भवन निर्माण भएको छ । उल्लेख्य विद्यार्थी संख्या रहेको महेन्द्रनगर माविमा विद्यालयकै माग अनुरुप प्रदेश सरकारले छात्राबास भवन निर्माण गरेको विद्यालयले जनाएको छ ।

महेन्द्रनगर माध्यामिक विद्यालयका प्रद्यानाध्यापक ललित सिह साउदले विद्यालयमा साधारण तथा प्राविधिक धार तर्फका विद्यार्थीको उल्लेख्य चाप भएकाले उनीहरुको बसोबासका लागि छात्राबास निर्माण गरिएको बताए । प्रअ साउदका अनुसार अहिले उक्त विद्यालयमा २ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेका छन ।

‘अहिले सात कोठाको एक तले भवन निर्माण गरेका छौँ, ‘उनले भने, ‘विस्तार अन्य निकायबाट बजेट मागेर थप कोठा विस्तार गछौँ ।’ विद्यालयले पहिलो पटक छात्राबास भवन निर्माण गरेको छ ।

छात्राबास एव नमुना कार्यक्रम अन्र्तरगत १२ कोठाको तीन तले भवनको एकसाथ उद्घाटन गर्दैै सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले विद्यालयमा आफ्नो तर्फबाट समेत थप सहयोग गर्ने बताए ।

प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य रानाले क्षेत्र मात्र नभई जिल्लामै उत्कृष्ठ रहेको विद्यालय जस्तै अन्य विद्यालयले समेत शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने बताए । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका क्षेत्रीय शिक्षा निर्देशक दुर्गादत्त विष्टले मेगा योजना अनुरुप महेन्द्रनगर नमुना माविले शैक्षिक भौतिक प्रगति गरिरहेको बताए ।

शिक्षा निर्देशक विष्टले राज्यको लगानी रहेका सामुदायिक विद्यालय यस्तै हुनुपर्नेमा जोडदिए । उनले आफ्नो तर्फबाट समेत विद्यालयको शैक्षिक, भौतिक बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जोहर गरेका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र राज विष्टले विपन्न एव टाढाका विद्यार्थीको समस्यालाई मध्य नजर गर्दै विद्यालय परिसरमै बसोबासको प्रबन्ध मिलाउनका लागि छात्राबास भवन निर्माण गरिएको बताए । छात्राबास निर्माण भएसंगै जेहेन्दार, गरिब विपन्न एव दुर्गम क्षेत्रका विद्यार्थीलाई राहत पुग्ने छ ।

अध्यक्ष विष्टले छात्राबास एव शैक्षिक भवन निर्माणसंगै थप आवश्यकता अनुरुप छात्राबास एव शैक्षिक भवन थप्दै जाने र शैक्षिक गुणस्तर समेत बृद्धि गरिने बताए । जिल्लामै झण्डै अढाईसय बढि सामुदायिक विद्याललय मध्ये महेन्द्रनगर नमुना माविले शैक्षिक एव भौतिक रुपमा गरिएको प्रगतिले विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार