कैलाली र कञ्चनपुरमा हुलाकी सडकको काम अझै बाँकी।

कैलाली र कञ्चनपुरको सीमा पुनर्वास नगरपालिकाको डोकेबजारदेखि पुनर्वास, बेलौरी, बेलडाँडी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेदकोट नगरपालिकाको सिसैसासम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको काम तीन प्याकेजमा भइरहेको छ । हालसम्म कुनै पनि प्याकेजको काम सकिएको छैन ।

कञ्चनपुरमा हुलाकी सडकको काम सुरु भएको ६ वर्ष पुग्यो । तीन वर्षमा निर्माण पूरा गर्ने सम्झौता सहित काम सुरु भएको सडक निर्माणको काम दोब्बर समय बितिसक्दा पनि सकिएको छैन । बर्सेनि म्याद थप मात्रै हुँदै आएको छ ।

हुलाकी सडक आयोजनाका अनुसार डोकेबजारदेखि बेलौरी नगरपालिकाको बुटाबारीसम्म पहिलो प्याकेजको २० किलोमिटर र बेलडाँडीदेखि सिसैयासम्म तेस्रो प्याकेजको २२ किलोमिटर सडक निर्माणका लागि ०७३ फागुनमा शर्मा÷राजेन्द्र जेभीसँग सम्झौता भएको थियो ।

पहिलो प्याकेज ३६ करोड ४७ लाख र तेस्रो प्याकेज ३८ करोड ५७ लाखमा ठेक्का सम्झौता भएको हो । राजेन्द्र निर्माण सेवा नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदको हो । उनी डडेलधुराको परशुराम नगरपालिकाका पूर्वनगरप्रमुख पनि हुन ।

राजनीतिक पहुँचकै आधारमा पटक पटक म्याद थप गर्ने तर निर्माण नगर्ने गरेका कारण अन्य थुप्रै योजनाहरू अलपत्र परेका छन । हुलाकी सडक आयोजनाका उनको निर्माण कम्पनीले ठेक्का लिएको पहिलो प्याकेजको काम ९० प्रतिशत सकिएको छ भने तेस्रो प्याकेजको काम ७५ प्रतिशत मात्रै सकिएको छ । लामो समयदेखि निर्माण कार्य पनि अलपत्र परेको छ ।

दोस्रो प्याकेज अन्तर्गतको २० किलोमिटर सडक निर्माणका लागि बाबाहंसरसिद्धि शाही जेभीसँग ४१ करोड ४१ लाखमा ठेक्का सम्झौता भएको थियो । बाबाहंस निर्माण कम्पनी भारतीय नागरिकको हो भने सिद्धि शाही धनगढीका दीपेन्द्रबहादुर शाहीको निर्माण कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित