पुर्नवासको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु

41
VIEWS

लाल बहादुर एसके/पुनर्वास
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ ।

मंगलबार पुनर्वास नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो । पुनर्वास नगरपालिकाको आयोजना हुने १३औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले उद्घाटन गर्दै खेलकुदलाई राष्ट्रको विकासमा जोडदिए ।

कार्यक्रममा बिशिष्ठ अतिथि प्रदेश सभा सदस्यद्वय बीर बहादुर थापा(पातल), दिवान सिह विष्टले खेलकुदको विकासका लागि प्रदेशबाट आवश्यक योजना ल्याउने बताए । पुनर्वास नगरका प्रमुख तोया प्रशाद शर्माले प्रतियोगितामा नगरका विभिन्न २० विद्यालयको सहभागिता रहेको बताए ।

नगर प्रमुख शर्माले पुनर्वासबाट छनौट भएका विद्यार्थी खेलाडीले जिल्ला, प्रदेश र केन्द्रमा उत्कृष्ठ प्रर्दशनमा विश्वास व्यक्त गरेका छन ।

कार्यक्रम संचालक पुनर्वास नगरपालिका शिक्षा शाखा प्रमुख शिवराज भट्टले गरेको कार्यक्रममा स्वागत मन्तव्य श्री सरस्वती माविका प्रअ जितेन्द्र पौडेलले गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधी, शिक्षक, विद्यार्थी, अभिभावकको सहभागिता रहेको थियो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार