दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

214
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको दैजीबाट जंगली बदेलको मासु सहित एकजना  पक्राउ परेका छन ।

मंगलबार बेदकोट नगरपालिका १० दैजी एक होटलकै छेउबाट बदेलको मासु सहित एक युवक पक्राउ परेका हुन ।
सव डिभिजन वन कार्यालय ब्रम्हदेबका प्रमुख जिवन भण्डारीले डेढकिलो बदेलको मासु सहित जनक चन्द पक्राउ परेको बताए ।

सव डिभिजन वन कार्यालय ब्रम्हदेबका भण्डारीले उक्त मासु सहित मानिसलाई नियन्त्रणमा लिएर कार्बाही अघि बढाईएको छ । उक्त मासु कहाँबाट ल्याएको कसलाई बेच्न वा खरिद गरेको ल्याएको बारे थप अनुसन्धान गरिने बताए । होटलमा बिक्रिका लागि वा अन्यबाट खरिद गरिएको विषयमा सव डिभिजन वन कार्यालय ब्रम्हदेबले अनुसन्धान गरिएको छ ।

उक्त बदेलको मासु बराद एव मानिस पक्राउ प्रकरणमा कतै ठुलालाई उन्मुक्ति सानालाई कानुन लगाउने समेत चिन्ता व्यक्त गरिएको छ । स्थानीले घटनाको सत्यतथ्य छानबिन गरेर थप संलग्नमाथि कार्बाही हुनुपर्नेमा जोडदिएका छन ।

बनवाट कतै चलखेल भए त्यस बिरुद्धमा प्रतिवादकै चेतावनी दिएका छन । दैजीको उत्तर चुरे वन र दक्षिणमा निकुञ्ज भएकाले दुवै मध्ये एक वनबाट उक्त बदेलको शिकार गरेको वनका अधिकारीको अनुमान रहेको छ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार