कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कार : ४ जनालाई साढे १४ वर्ष कैद

धनगढी,
कैलालीको जानकी गाउँपालिका–५ मा दुई किशोरीमाथि बलात्कार गरेको कसुरमा ८ जनालाई कैद भएको छ। जिल्ला अदालत कैलालीका न्यायाधिश जयानन्द पनेरुको एकल इजलासले जवरजस्तीकरणीको मुद्धामा दोषी ठहर गर्दै ८ जनालाई कैद सजायको फैसला सुनाएको हो।

बलात्कारको अभियोग लागेका महेश चौधरी, नरेश चौधरी, रामबहादुर चौधरी र मनोज चौधरीलाई साढे १४ वर्ष कैद सजायको फैसला भएको जिल्ला अदालत कैलालीले जनाएको छ। यस्तै एक नाबालकलाई ९ वर्ष ८ महिना र अर्का नाबालकलाई ८ वर्ष ८ महिना कैद भएको छ भने रेशम शाहीलाई १३ वर्ष कैद सजायको फैसला सुनाइएको छ।

यस्तो थियो घटना

०७७ कात्तिकमा दसैंको माहोल थियो। ८ गते अष्टमीका दिन गाउँमा डीजेसहित युवा नाचगान गरेर रमाइरहेका थिए। रमाइलो हेर्न बालिकाहरू पनि गएका थिए। जानकीका चार बालिका आफ्नै गाउँको अर्को टोलमा नाचगान हेरेर फर्कंदै थिए। ९ जनाको समूहमा रहेका केटाहरूले उनीहरूलाई घेरा हाले।

एक बालिका घेरा हाल्ने केटामध्ये एक जनाको साथीकी बहिनी थिइन्। उनलाई साथीकी बहिनी भनेर छाडे। अर्कीलाई पनि चिनेकै भएर केही गरेनन्। दुई जनालाई बन्धक बनाए, सामान्य कुटपिट गरे। अरू दुई बालिकालाई भने खेतमा रहेको परालको थुप्रोमा लगी पालैपालो बलात्कार गरे।

आफ्ना साथीलाई खेतमा लगेर बलात्कार गरिरहेको देखेर बन्धक रहेकी एक बालिकाले घरमा एसएमएसमार्फत घटनाको जानकारी गराइन्। परिवारले वडाध्यक्षलाई खबर गरे। वडाध्यक्षसहितको टोलीले घटनास्थलबाट उनीहरूको उद्धार ग¥यो। टोली घटनास्थल पुगेपछि सामूहिक बलात्कारमा संलग्न युवा फरार भएका थिए। तर बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई घटनाकै राति पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित