बेलौरी महोत्सवको अन्तिम तयारी पुरा

27
VIEWS

बेलाैरी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीको खुला मञ्चमा हुने महोत्सव अन्तिम तयारीमा पुगेको छ ।

 

बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा २६ फागुनदेखि दोस्रो बेलौरी महोत्सव हुने महोत्सवको अन्तिम तयारी भएको छ ।

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार मञ्च व्यवस्थापनदेखि अन्य सबै तयारी अन्तिम तयारीमा पुगेको हो । महोत्सवको उद्घाटन उद्योगमन्त्री दामोदर भण्डारीबाट हुने कार्यक्रम तय भएको छ ।

क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गर्न लागेको बताए । यस अघि बेलौरी उद्योग वाणिज्य संघले ०७५सालमा पहिलो पटक प्रथम बेलौरी महोत्सव आयोजना गरेको थियो ।

विचमा कोरोना महामारीदेखि अन्य विवित कारणले मेला महोत्सव संचालन हुन सकेको थिएन । यस पटक संचालन गर्ने लागेको अध्यक्ष साउदले बताए । ‘यो बेलौरी बजार स्थापना भएको ५०औँ स्वर्ण अवसरमा समेत हामीले मेला संचालन गर्न खोजेका छौँ, ‘उनले भने,‘एकातिर बजारको स्वर्ण अवसर, अर्कारित क्षेत्रकै विकासका लागि मेला महोत्सव गर्न लागेका छौँ ।’ महोत्सवको आवश्यक सबै तयारी भईरहेको बताए ।

बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एव साँस्कृतिक संयोजक यज्ञ कडेलले यस पटक पृथकशैलीमा महोत्सव संचालन हुने बताए । ‘यो पटक हामी नितान्त फरकशैलीमा महोत्सव गर्न लागेका छौँ, ‘उनले भने, ‘विगतबाट पुप्रै पाठ सिकेर अहिले केही नयाँपन दिन्छौँ ।’ स्थानीय कलाकारलाई विशेष प्राथमिकता सहित दर्शकको चाहना अनुरुप राष्ट्रिय कलाकार समेत आमन्त्रण गछौँ ।’

बेलौरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एव अथिति सत्कार समितिका संयोजक लक्ष्मी नारायण चौधरीले बजारको स्वर्ण अवसर सहितमा संचालन हुने दोस्रो मेला पृथक हुने बताए । उनले पहिलो मेला भन्दा उत्कृष्ठ बनाउने बताए ।

उनले टुर प्याकेज समेत बनाईने बताए । मेलाबाट यस क्षेत्रका सबै समुदायको कला, संस्कृतिका साथै कृषि, पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।

झण्डै एकसय स्टल हुने छन । भने टिकटमा समेत विशेष सहुलियत हुनेछ । ८ फागुनसम्म संचालन हुने मेलामा लाखौँले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवबाट यस क्षेत्रको बृद्धि विकास हुने दावि गरिएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार