बेलौरीमा पर्यटन महोत्सव शुरु, बेलौरी भन्सार नाका विस्तार गर्न पहल गर्छु ः उद्योगमन्त्री भण्डारी

कञ्चनपुर,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला शुरु भएको छ ।

 

‘कृषि पर्यटन, उद्योग र व्यापार सम्बृद्धिको बेलौरी आधार’ भन्ने मुल नाराका साथ बिहीबारदेखि बेलौरी खुलामञ्चमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला शुरु भएको हो ।

बेलौरी उद्योग वाणिज्य संघको आयोजना एव बेलौरी नगरपालिकाको सह आयोजनामा दोस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला संचालन भएको छ ।

पञ्चायतकालिन जिल्ला सदरमुकाम समेत रहेको बेलौरी बजारको ५०औँ स्वर्णको अवसरमा महोत्सव आयोजना गरिएको हो ।

महोत्सवको एक कार्यक्रमका विच उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन । महोत्सव उद्घाटन गर्दै उद्योगमन्त्री भण्डारी बेलौरी भन्सार नाका विस्तारका लागि पहल गर्ने बताए ।

‘मैले बेलौरी भन्सार नाका स्थापना गर्नका लागि आफ्नो मन्त्रालयका तर्फबाट पहल गर्छु, ‘मन्त्री भण्डारीले भने, ‘यस क्षेत्रका संसदसंग समन्वय गरेर अघि बढ्छु यस विषयमा अर्थमन्त्रीलाई समेत अवगत गराउँछु ।’ सान्र्दभिकता र महत्वलाई अघि सार्दै अघि बढ्ने मन्त्री भण्डारीले बताए ।

मन्त्री भण्डारीले नेपाल भारत पारवहनको विषयमा समेत पहल गर्ने बताए, दोधाराचाँदनीमा बन्ने सुख्खा बन्दरगाह निर्माणमा समेत गरिने बताए । सुख्खा बन्दरगाह निर्माण भए नेपालमा उत्पादित बस्तु तथा सेवा निर्यात र बाह्य मुलुकबाट आयातका लागि सहज हुने बताए ।

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले दक्षिणी क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गर्न लागेको बताए । अध्यक्ष साउदले उद्योगमन्त्री भण्डारीको बेलौरी नाका विस्तारमा ध्यानाकर्षण समेत गराएका छन ।

यस अघि बेलौरी उद्योग वाणिज्य संघले ०७५ सालमा पहिलो पटक प्रथम बेलौरी महोत्सव आयोजना गरेको थियो । कोरोना महामारीदेखि अन्य विवित कारणले मेला महोत्सव संचालन हुन सकेको थिएन । यस पटक दोस्रो बेलौरी महोत्सव संचालन गर्ने लागेको अध्यक्ष साउदले बताए ।

‘बेलौरी बजार स्थापना भएको ५० औँ स्वर्ण अवसरमा समेत हामीले मेला संचालन गर्न खोजेका छौँ, ‘उनले भने,‘एकातिर बजारको स्वर्ण अवसर, अर्कारित क्षेत्रकै विकासका लागि मेला महोत्सव गर्न लागेका छौँ ।’

स्थानीय कलाकारलाई विशेष प्राथमिकता सहित दर्शकको चाहना अनुरुप राष्ट्रिय कलाकार समेत आमन्त्रण गरिएको छ । महोत्सवमा झण्डै एकसय स्टलमा विभिन्न व्यवसायिक तथा कृषि उपज राखिएका छन ।

७ फागुनसम्म संचालन हुने मेलामा लाखौँ दर्शनार्थिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा करोडौँको कारोबार हुने दावि गरिएको छ ।

तीन बर्षपछि बेलौरीमा बृहद महोत्सव हुन थालेपछि स्थानीय सर्वसाधारणलाई समेतलाई मेला अवलोकन एव किनमेल तथा मनोरन्जन र र व्यवसायीलाई आफ्नो उत्पादित बस्तु तथा सेवा प्रर्बद्धनमा टेवा पुग्ने दावि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित