बेलडाँडी,
हुलाकी सडक निर्माण गराउन प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले हुलाकी राजमार्ग योजना कार्यालयलाई ताकेता गरेका छन् ।
आज शुक्रवार हुलाकी राजमार्ग योजना कार्यालय धनगढी पुगि संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य बिष्टले दक्षिणी क्षेत्रका जनताले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै ताकेता गरेका छन् ।
उनले आफ्नो लेटरहेडमा यस्तो उल्लेख गरेका छन् । उपरोक्त सम्बन्धमा कंन्चनपुर जिल्ला क्षेत्र नं. १ अन्तर्गत पर्ने मोहना नदि– बेलौरी– बेलडाँडी हुदै दैजी जोडने हुलाकी सडकखण्ड २०७३ फाल्गुन १ गते शर्मा राजेन्द्र जे.भी. सँग र २०७३ फाल्गुन १२ गते बाबा हंन्स सिद्धि साई जे. भी संग भएको सम्झौता अनुसार २०७६।०५।१५ र २०७६।०५।२६ गते भित्र दुबै निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न गरि सक्नु पर्ने भएतापनी पटक पटक गरि ५ पटक सम्म म्याद थप गर्दा समेत हाल सम्म निर्माण कार्यमा निकै लापरवाही भएको छ । केहि योजनाको निर्माण अवधी समेत समाप्त भै सक्दा पनी निर्माण कार्य अधुरो रहेको हुँदा लापरवाही गर्ने निर्माण कम्पनीहरुलाई यथासिघ कारवाहीको प्रक्रिया अगाडी बढाई निर्माण कार्य पुरा गर्न समयाअवधी रहेका सडक योजना तुरुन्त समय अवधी भित्र निर्माण सम्पन्न गर्न ताकेता गर्न हुन अनुरोध गर्दछु ।
भन्दै डिई सविन जोशीको ध्यानाकर्षण गराएका छन् ।
ठेकेदार कम्पनीको लार्पबाहीका कारण कञ्चनपुरको हुलाकी सडक अलपत्र मात्रै होईन थप दुर्दशायुक्त भईरहेको छ । अनेकन बहाना बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै रहेको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो ।
पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन । ठेकेदार कम्पनी पाँचौँ पटक म्याद थपको तयारीमा छन । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ७० महिना वितिसक्दा पनि सडक अधुरै रहेको छ ।
०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन । कैलाली कञ्चनपुरका सदरमुकाम जोड्ने हिसाबले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई कहिले कसैलाई दोषारोपण गर्दै म्याद थपेको थप्पई छन ।
पहिलो खण्ड ०–२० र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दैजीखण्ड ४०–६२ गरी ४२ किलोमिटर लामो सडक कालोपत्रेका लागि शर्मा राजेन्द्र जेभी कम्पनीले ठेक्का पाएका थिए । हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभीविच १ फागुन ०७३ देखि भदौँ ३० सम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । तर, सम्झौता अनुरुप काम भएन । सम्झौता अनुरुप काम नसक्दा पहिलो पटक ३० चैत्र ०७६ सम्म म्याद थपियो, उक्त अवधिमा समेत नसक्दा दोस्रो पटक ४ साउन ७७, तेस्रो पटक २ माघ ०७७, चौथो पटक ३० चैत्र ०७८ मा थपिएको थियो । थपिएका चारै समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले पाचौँ पटक म्याद थपका लागि फाईल पेश गरेको छ । पहिलो सडकमा ८० र तेस्रो खण्डमा ७५ प्रतिशत मात्रै प्रगति भएको छ ।
दोस्रो खण्डको बाबाहंस सिद्धिकीशाहीले बेलौरीदेखि (२०–४०) बेलडाँडीसम्म कुल २० किलोमिटर कालोपत्रे जिम्मा पाएको ३० महिनामा पनि काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपको तयारीमा छ । २० किलोमिटर कालोपत्रेका लागि यस कम्पनीले ६५ महिना लगाएको छ । बाबाहंस सिद्धिकीशाही र हुलाकी राजमार्ग आयोजना विच १२ फागुन ०७३ देखि २६ भदौँ ०७६ मा निर्माण कार्य सक्ने सम्झौता भएको थियो ।
तर, सम्झौता भएको चार पटक म्याद थप हुँदा समेत उक्त निर्माण कम्पनीले काम गर्न सकेको छैन । सम्झौता अवधिमा काम गर्न नसकेपछि पहिलो पटक ७७ बैशाख १२, दोस्रो पटक ७ मंसिर ०७७, तेस्रो पटक ७ जेठ ०७८, चौथो पटक १ माघ ०७८ सम्म म्याद थप भएको थियो । चार पटक म्याद थप गर्दा समेत काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपका लागि निर्माण कम्पनीले आयोजना कार्यालयमा फाईल पेश गरेको उक्त सडक खण्डको प्रगति ७५ प्रतिशत रहेको बुझिन्छ ।
कुल ६२ किलोमिटर सडक निर्माण हुनुपर्नेमा हालसम्म ५५ प्रतिशत मात्रै प्रगति भएको पाईन्छ । गत असारमा चार चार पटक म्याद थप गर्दा समेत समयमै काम गर्न सकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले निर्माण कम्पनी बिरुद्धमा सुचना नै प्रकासित गरेपनि शक्ति केन्द्र नजिक रहेका ठेकेदार भएकाले आयोजना कार्यालय निरही भएको छ । शर्मा राजेन्द्र जेभीका संचालक भीम साउद नेपाली काँग्रेस डडेल्धुराका जिल्ला सभापति एव परशुरामनगरका निर्वतमान मेयर र बाबाहंस सिद्धिकीशाहीका संचालक दिपेन्द्र ब. शाही डोल्पा काँग्रेस सभापति भएकाले म्याद थप्ने तर, काम नगर्ने प्रवृति हावि भएको छ ।
ठेकेदारहरुले शक्तिको आडमा काम नगरेको पाईन्छ । कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र (कैलाली–कञ्चनपुर)को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीयको हरिबिजोग भएको छ । सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्र्रोसित र चिन्तित भएका छन ।
‘समयमै सडक निर्माण नहुँदा सडक छेउछाउका बिरुवा, घर सेताम्मे भएका छन । स्थानीयका अनुसार ‘सडक छेउका घरमा घुलाम्मे भएका छन, ‘हामीहरुको स्वास्थ्यमा समेत असर परिरहेको छ, ठेकेदार कम्पनीले कहिले काम गर्दछन, कहिले गदैनन ।’ सडक निर्माणसंगै पानी निकासका लागि ढल निर्माण हुनुपर्ने बताए । उनले ढल निर्माणसंगै हुलाकी सडक दर्ताजमिन धनीलाई समेत सरकारले मुआब्जा दिनुपर्नेमा जोडदिए ।
हुलाकी सडक छेउमै घर भएका बेलडाँडी गाँउपालिका १ सिद्धचोकका स्थानीय दिनेश ठकुराठीले सरकारको लार्पर्बाहीका कारण ठेकेदार कम्पनीले वेवास्ता गरेका कारण सडक समयमै बन्न नसकेको बताए । ‘सरकारले ठेकेदारलाई ताकेता गरेन, ‘उनले भने, ‘ताकेता नगर्दा ठेकेदारले सडक बनाउन ध्यान दिएन ।’ पूनर्वास नगरपालिका २ मोतिबस्तीका लाल बहादुर नेपालीले हुलाकी सडकमा चरम ढिलासूती भएकै कारण सडक धुलाम्मे, हिलाम्मे हुँदा हिडडुल गर्न समस्या भएको बताए ।
Discussion about this post