आज कञ्चनपुरका ९२ वडामा एमालेको एकै साथ प्रशिक्षण

9
VIEWS

कञ्चनपुर,
नेकपा (एमाले) कञ्चनपुरले आज जिल्लाभर एकै साथ स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण गर्न लागेको छ । कञ्चनपुरका ९ स्थानीय तहका ९२ वटै वडामा अहिले ११ बजेदेखि चुनाव केन्द्रीत प्रशिक्षण सुरु हुन लागेको एमालेले जनाएको छ ।

प्रशिक्षण दिन सबै वडाहरुमा २ सय ७६ जना नेता÷प्रशिक्षक पुगिसकेको र जिल्ला पदाधिकारी तथा सिनियर नेताहरुले प्रशिक्षणको मोनिटरिङ गर्ने तयारी पुरा भइसकेको छ । मोनिटरिङका लागि दोधाराचाँदनीमा ईश्वरी खरेल, भीमदत्तमा सुरेन्द्र विष्ट, बेदकोटमा गोविन्दप्रसाद कलौनी, शुक्लाफाँटामा हिरा सार्की, कृष्णपुरमा जयराज पाण्डे, पुनर्वासमा भक्तबहादुर अधिकारी, बेलौरीमा बलदेवसिंह बुडाल, लालझाडीमा रमेश थापा र बेलडाँडीमा रामचन्द्र नेपाल खटिएका छन् ।

वडामा हुने प्रशिक्षणमा एमालेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणा, जबज र समाजवादका आधारहरू, हालसम्म एमाले सरकारले गरेका जनपक्षीय कामको चर्चा, गठबन्धन सरकारले गरेका गलत कामको भण्डाफोड लगायतका विषयवस्तुमा केन्द्रित भई चुनावी प्रशिक्षण गराइने छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार